Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

ट्याक्सीपछि च्याम्बर अफ कमर्सले लियो दोकान बन्द राख्ने निर्णय, सोमबार बिहानसम्म पूर्व जिल्लाको दोकानपाट हुने बन्द


गान्तोक,21 अगस्त। सिक्किममा विशेष रूपले पूर्व जिल्लामा बढ्दो कोविड 19 को संक्रमणलाई ध्यानमा राखेर सरकार प्रशासनसितै आम सरोकारसित सम्बन्धित संघ संस्थाले सचेतनापूर्ण निर्णय लिएर कोरोनाबाट जोगिने प्रयास थालेको छ। ट्याक्सी र मेन लाइन ट्याक्सी चालकहरूको संयुक्त कार्यवाही समितिले निर्णय गरेर आज शुक्रबारदेखि तीन दिनव्यापी राजधानी गान्तोकमा कुनै ट्याक्सी नचलाउने निर्णय गरेर पालन गरिरहेको छ।

यसैक्रममा शुक्रबार अपराह्न 2 बजीदेखि सिक्किम च्याम्बर्स अफ कमर्सले राजधानी गान्तोक लगायत पूर्व जिल्लाको सबै दोकानपाट आगामी सोमबार बिहान 6 बजीसम्मको निम्ति बन्द राख्ने निर्णय गरेको छ। आवश्यक सामानहरूको पसललाई छुट दिएर अन्य दोकानहरू कोरनाको साङ्गो तोड्नको निम्ति बन्द राखेर मानिसहरूको आवतजावत न्यून गर्ने प्रयासको रूपमा यो पहल गरिएको देखिएको छ। सिक्किम च्याम्बर्स अफ कमर्सका अध्यक्षले जारी गरेको प्रेस बयानअनुसार सबै पसलेहरूलाई आह्वान गरेर स्वेच्छाले पसलहरू बन्द राखिदिने अनुरोध गरेको छ। उनले जसरी राजधानी गान्तोकमा ट्याक्सी वाहनहरू चलाचल तीन दिनको लागी बन्द गरिएको छ त्यसै अऩुरूप राज्य सरकारको टाक्स फोर्सले पनि यस निर्णयलाई स्वागत गरेको हुनाले पूर्व जिल्लामा बड्दो कोरना संक्रमणलाई ध्यानमा राखेर औषधी पसल र आवश्यक पसलबाहेक सबै दोकानहरू बन्द गरिदिने निवेदन गरेका छन्। यो अभियान आगमी 24 अगस्त सोमबारको बिहान 6 बजीसम्म जारी राख्ने अनुरोध पनि गरेका छन्।

अर्कोतिर टास्क फोर्सको बैठक हिज मुख्य सचिव एससी गुप्ताको अध्यक्षतामा बसेपछि लिइएको निर्णयबारे कोअर्डिनेशन सचिव रिञ्जिङ छेवाङ भोटियाले राज्यको विभिन्न ठाउँमा आम मानिसले नै बाटोमा ब्यारिकेट लगाउने कार्यहरू गरिरहेको पनि थाहा लागेको अनि सम्बन्धित क्षेत्रका जिल्ला प्रशासनकलाई यसबारे अवगत गरेर जनतालाई यसबारेमा सचेतना गर्नुपर्ने आह्वान गरिसकेको बताएका छन्। यसरी जनताले बार लगाउनु नहुने अनि गैरकानुनी रहेका विषयमा पनि टाक्स फोर्सको बैठकमा चर्चा उठेको उनले जारी गरेको अडियो बयानमा बताएका छन्। समग्रमा राज्यमा अहिले विशेष रूपले पूर्व जिल्ला कोरोना प्रभावित जिल्लाको रूपमा रहेको छ। अहिलेसम्म सर्वाधिक मामिला औषधी कारखानाका कर्मचारीहरूबाट आइरहेको हुनाले कारखानाहरूको सुचारू सञ्चालन र आवश्यक मानदण्डको पालनामाथि पनि प्रश्न चिन्ह उठेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!