Loading... आजः शनिबार , श्रावण १२, २०८१

ट्याक्सी स्ट्याण्ड हटाएको र चलानको पैसा धेरै लिएको प्रतिवादमा उत्रिए चालक, मन्त्री उप्रेतीको आश्वासन पनि विरोध शान्त


गान्तोक, 25 फरवरी । हिमाली राज्य सिक्किमको राजधानी गान्तोकका स्थानीय ट्याक्सी स्ट्याण्डहरू हटाइएको तथा केन्द्रिय मोटर भेकल ऐन लागु गरिएपछि चलान गरिने वाहनहरूमा कर धेरै लगाइएको विषयलाई लिएर मंगलबार बिहान चालकहरूले निक्कै झमेला गरे। विशेष रूपमा हस्पिटल डॉंड़ाको ट्याक्सी स्ट्याण्ड हटाइएपछि असन्तुष्ट ट्याक्सी चालकहरू सड़कमा ओर्लिएर प्रतिवाद जनाए। यद्यपि, राज्यका शहरी विकास एवं आवास विभाग मन्त्री अरूण उप्रेतीको तत्काल हस्तक्षेपपछि ट्याक्सी चालकहरूको प्रतिवाद साम्य बन्यो। हस्पिटल डॉंड़ाका ट्याक्सी चालकहरूले बताए अनुसार आज बिहानदेखि उनीहरूको स्ट्याण्ड हटाइएको छ। यस बारे चालकहरूलाई पूर्व सूचना दिइएन। हस्पिटल डॉंड़ा ट्याक्सी स्ट्याण्डबाट वाहन चलाउने चालकहरू अब कहॉं जानुपर्ने भन्ने पनि कुनै निर्देश छैन। यसैगरी, राजधानीका धेरैवटा ट्याक्सी स्ट्याण्डहरू हटाइएको छ, जसकारण ट्याक्सी चालकहरूलाई धेरै समस्या भइरहेको छ। यस अतिरिक्त ट्याक्सी चालकहरूले फाइनहरू वृद्धि गरिएकोमा पनि असन्तुष्टि व्यक्त गरे। उक्त घटनाक्रमबारे स्पष्ट पार्दै मन्त्री उप्रेतीले ट्राफिक समस्यालाई समाधान गर्ने उद्देश्यले ट्राफिक विभागले ट्रायलको आधारमा यस्तो पहल गरेको बताए। तर, ट्याक्सी चालकहरूले यस पहलप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिवाद जनाएको उनले बताए। यो घटना आफ्नो संज्ञानमा आएपछि तत्काल हस्तक्षेप गरेको र अब सधैं झै आआफ्नो स्ट्याण्डबाट ट्याक्सी चल्ने उनले जानकारी दिए। यसैगरी, अब उप्रान्त कुनै प्रकारको नयॉं ट्रायल गर्नु परेको खण्डमा ट्याक्सी चालकहरूलाई विश्वासमा लिएर गरिने पनि उनले विश्वास दिलाए। अर्कोतिर, फाइनहरूलाई लिएर ट्याक्सी चालकहरूको असन्तुष्टिबारे प्रश्न राख्दा मन्त्री शर्माले ट्याक्सी चालक अनि यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर सेन्ट्रल मोटर वेहिकल एक्ट अनुसार फाइनहरू लागू गरिएको बताए। तर, यदि राज्य सरकारद्वारा तोकिएका फाइनहरू वृद्धि गरिएका छन् भने त्यसमाथि समीक्षा गरेर केही छुट दिन प्रयास गर्ने उनले आश्वासन दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!