Loading... आजः शनिबार , श्रावण १२, २०८१

ट्राफिक जाम कम गर्न नेपालमा विद्यालय समय हेरफेर गरिँदै


कार्यालय समयमा हुने ट्राफिक जाम न्यूनीकरणका लागि भन्दै सरकारले विद्यालय समय हेरफेरको तयारी गरेको छ L। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विद्यार्थीहरुलाई नौ बजेभित्रै विद्यालयमा पुर्याइसक्ने गरी कार्ययोजना समेत तयार पारेको छ। सो कार्ययोजना कार्यान्वयन गर्न निर्देशनसहित प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयमा पठाएको छ।

कार्ययोजनालाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयले विद्यालय शिक्षा महाशाखा प्रमुख एवम् सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरठिमी नगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावकका प्रतिनिधि छन्।

कार्ययोजनामा विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय हाल समान रहेको उल्लेख छ। अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन्। त्यसैले कार्यालय सुरु हुने र बन्द हुने (अफिस आवर)मा सवारी साधनको जाम हुने गरेको छ। यही जाम हटाउने उद्देश्यले बिहान नौ बजेभित्रै विद्यार्थीहरुलाई विद्यालय पुर्याइसक्ने कार्ययोजना तयार पारिएको हो।

Insert your Ads code here

कार्ययोजनामा विद्यार्थीहरुलाई चढाउने, ओराल्ने र विद्यालयका गाडीहरु पार्किङ गर्ने अलग्गै स्थान तोक्ने, हरेक विद्यालय अगाडि जेब्रा क्रसिङ बनाउने, विद्यालयका सबै गाडीहरु पहेँलो रंगका हुनुपर्ने, क्यालेन्डरमा एकरुपता ल्याउने, विदाहरु समान हुने लगायतका कुराहरु कार्ययोजनामा रहेको अनलाइन खबरले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!