सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो। हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उहाँ प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् हुनुहुन्थ्यो।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन्। ज्ञवाली यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुनुहुन्थ्यो। उहाँसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा हुनुहुन्थ्यो।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाँक्नुहुनेछ।