Loading... आजः शनिबार , श्रावण १२, २०८१

डम्बुडाँडामा पैह्रोले दुइ घर खतरामा


नाम्ची, 7 अगस्त। दक्षिण सिक्किमको नाम्ची डम्बुडाँडामा हिज दिउँसो लगभग 4 बजी परेको पानीले रञ्जिता मङ्गर, कुमार छेत्री (सरकारले बनाएको) घर मुन्तिर पैह्रो गएर खतरामा पारेको छ। उक्त क्षेत्रमा पहिलादेखि नालीको व्यवस्थाको माग गरिएको भए पनि सम्बन्धित निकायले कानमा तेल हालेर बसेपछि अहिलेको स्थिति आएको पिडीत परिवारले बताएका छन्।

पैह्रोको खतरामा परेका घरहरू स्मार्टसिटि परियोजना भित्र पर्छ। घरमुनीबाट नयाँ रोड निर्माण भएको छ कुनै सुरक्षा पर्खाल लगाएको छैन। भत्किएको घरमाथि नयाँ घर बनाउँदा माटो काटेर फालेको कारम समस्या दोब्बर भएका बताएका छन्। घर खतरामा छ र पिडीत परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नाम्ची नगर परिषदका प्रतिनिधिहरूले घटनास्थलको निरिक्षण गरेको उनीहरूले बताएका छन्। पिडीत परिवारले घटनाबारे तुरन्तै कार्यवाही गरेर आवश्यक क्षतिपूर्ती तथा सुरक्षाको व्यवस्था गरिदिने माग गरेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!