डल्फिन हेर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै
कैलाली टीकापुर
कैलालीको टीकापुर नगरपालिकाको वडा नं. ७ र भजनी नगरपालिकाको वडा नं. ८ सिमाना स्थित मोहना, पथरैया र कान्द्रा नदीको त्रिवेणीमा सहजै डल्फिनको अवलोकन गर्न सकिन्छ सुनेको आधारमा डल्फिन हेर्न आएका ठाकुरद्धारा नगरपालिकाका ओम प्रकास थारु त्यति बेला दंग थिए ।
जव उहाँले पहिलो पल्ट नजिकबाट डल्फिन अवलोकन गर्न पाए । नजिकबाट कहिलै डल्फिन नदेखेका चौधरीलाई डल्फिन देखा पर्छन् कि नाई भन्दै कौतुहल्ता सँगै विहान बैदीको ढुंगाना टोल पुग्नुभएको थियो । नदीका पुग्दा उहाँ सोचे भन्दा सहज तथा धेरै मात्रामा डल्फिन अवलोकन गर्न पाउदा धेरै खुशी महशुस भएको बताउनु भयो ।
उहाँ सँगै ठाकुरद्धारा नगरपालिका डल्लाका गोविन्द थारु पनि आउनु भएको थियो । डल्फिन कहिलै नदेखेको चौधरी एकै साथ ४ देखि ७ वडा डल्फिन हेर्न पाए । ढंगाको साहारामा सहजै डल्फिन हेर्न पाउदा उहाँलाई पनि उक्तिकै रमाइलो लागेको उहाँले बताउनु भयो । उहाँहरु जस्तै अहिले दैनिक डल्फिन अवलोकन गर्नेहरुको संख्या बढ्दै गएको छ । जेठ देखि असोज महिनामा सहज रुपमा मोहना, कर्णाली, कान्द्रा पथरैया नदीमा हेर्न सकिन्छ ।
अन्य समयमा पनि डल्फिन देखा पर्ने भए पनि वर्षातको समयमा प्रशस्त मात्रामा डल्फिन देख्न सकिन्छ । भनेको र सोचेको जस्तो गरि डल्फिन हेर्न सकिने भए पनि प्रचार प्रसारमा जोड दिदै ठाँउ ठाँमा पर्चा पम्पलेट, सर्किट क्षेत्रको नक्सा, डल्फिनको प्रतिमा राख्ने कार्य भए अझै पर्यटकको आकर्षणमा सहयोग पुग्ने अर्का अवलोकनकर्ता तोया नाथले बताउनु भयो ।
डल्फिन हेर्न आउने अवलोकनकर्ताको लागि सहजै रुपमा अवलोकन गर्नका लागि भ्यु टावर, ढुगाको व्यवस्था, लाइफ ज्याकेटको व्यवस्था हुदा पर्यटकलाई सहज हुन्छ । यस्तै आवसिय अवलोकन कर्ता र पर्यटकका लागि गाइड गर्ने, खाने बस्ने सहितको व्यवस्था रहेकोले डल्फिन हेर्न आउनको संख्या बढ्दै गएको जलचर तथा जैविविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाले बताउनु भयो ।
कर्णालीको चिसापानीदेखि कोठियासम्म र वर्षा याममा कैलालीको मोहना, कन्द्रा, पथरैया र काढा नदीमा डल्फिन देख्न पाइन्छ । असार देखि असोज सम्म करिब १ सयको संख्यामा डल्फिन सहजै अवलोकन गर्न सकिने भएकोले डल्फिन पार्क बनाई प्रचार प्रासर सँगै पर्यटकलाई लक्षित कार्यक्रम संचालन गर्न आवश्यक छ ।