Loading... आजः शनिबार , श्रावण १२, २०८१

डीबी चौहान भाजपा सिक्किमको अध्यक्ष पदमा पुनःनियुक्त


गान्तोक, 15 फरवरी। भारतीय जनता पार्टी (भाजपा)-सिक्किम एकाइको ध्यक्ष पदमा वर्तमान अध्यक्ष डीबी चौहान पुनः अध्यक्ष बनेका छन्। भाजपा राअष्ट्रिय अध्यक्ष जेपी नड्डाले उनलाई आगामी 2023-सम्म तीन वर्षे कार्यकालको निम्ति अध्यक्ष नियुक्त गरेको छ। पार्टी अध्यक्ष नड्डाको नाममा सङ्गठनात्मक नियुक्ति पत्र राष्ट्रिय महासचिव एवं मुख्यालय प्रभारी अरुण सिंहले तत्काल प्रभावी हुनेगरी नियुक्ति पत्र जारी गरेको छ। अध्यक्ष चौहानको कार्यकाल 2023-सम्म रहनेछ। उनलाई अध्यक्ष पदमा पुनर्नियुक्ति गरेपछि सामाजिक सञ्जालमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष चौहानले भाजपा मुख्यालयले आफूलाई अध्यक्ष पदको निम्ति नियुक्त गरेकोमा आभार प्रकट गरेका छन्।
अध्यक्ष चौहानले भनेका छन् – ‘भारतीय जनता पार्टी शीर्ष समितिले मेरो विगतको कार्यकाललाई मूल्याङ्कन गर्दै मलाई पुनः अध्यक्ष पदको दायित्व सुम्पिएको छ, त्यसको निम्ति म सर्वप्रथम पार्टीका राष्ट्रिय अध्यक्ष श्री जेपी नड्डा साथै पार्टी शीर्ष समितिप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा भारतीय जनता पार्टीको संगठनलाई सिक्किमको तृणमूल स्तरसम्म पुऱ्याएर अझ मजबुत बनाउने अनि पार्टीलाई एउटा नयाँ उचाईमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गर्दछु। प्रदेश अध्यक्षको चयन भइसकेपछि अब आगामी केही दिनभित्रमा पार्टीको राज्यस्तरीय कार्यकारिणी समिति गठन गरेर नयाँ जोस अनि उत्साहका साथ सबै पदाधिकारी, विधायकगण एवं कार्यकर्तागणलाई साथमा लिएर राज्यमा पार्टीलाई अघि बढ़ाइनेछ। भारतीय जनता पार्टी पूर्णरूपले सांगठनिक ढाँचामा सञ्चालन हुने राजनैतिक दल हो, यहाँ कुनै व्यक्तिकेन्द्रित नभएर संगठनको सर्वसम्मतिमा निर्णयहरू हुने गर्छन्। यसै गरी देशमा भाजपा मात्र यस्तो दल हो जसमा प्रत्येक पार्टी कार्यकर्ताको योगदानको कदर हुने गर्दछ अनि भाजपामा मात्र कुनै साधारण कार्यकर्ताले आफ्नो योगदानको आधारमा प्रदेश अध्यक्ष, राष्ट्रिय अध्यक्ष, प्रधानमन्त्री जस्तो पदसम्म पुग्ने सपना देख्न सक्दछ। यसर्थ, म सम्पूर्ण कार्यकर्ताहरूलाई आगामी दिनमा सिक्किम राज्यमा पार्टीको सांगठनिक संरचनालाई मजबुत बनाउने दिशामा निस्वार्थ रूपमा योगदान दिन आह्वान गर्दछु। भारतीय जनता पार्टी अहिले सिक्किमको दोस्रो शक्तिशाली दल हो अनि पार्टीको यस ऐतिहासिक स्तरलाई कायम राख्न सबका साथ, सबका विकास, सबका विश्वासको नाराका साथ सबै स्तरका नेता-कार्यकर्ताहरूसँग उचित तालमेल राखेर पार्टीको सांगठनिक संरचनालाई अझ मजबुत बनाउनेतर्फ लाग्नेछौं।’
स्मरण गराइन्छ, 2 अगस्त, 1973 मा पश्चिम सिक्किमको योक्सम महकुमा अन्तर्गत चोङ बस्तीमा पिता शिवलाल चौहान अनि माता खेमकुमारी चौहानको कोखबाट जन्मिएका डीबी चौहानले योक्समबाट कक्षा दशसम्मको शिक्षा हासिल गरेका हुन् भने पेलिङ उच्चतर माध्यमिक विद्यालयबाट कक्षा 12 को अध्ययन पूरा गरेपछि सरकारी महाविद्यालय तादोङबाट स्नातक अनि 1999 –मा उत्तर बंगाल विश्वविद्यालयबाट राजनैतिक शास्त्रमा स्नातकोत्तरको शिक्षा हासिल गरेका हुन्। वर्ष 2013 सम्म पहिला महाविद्यालयमा प्राध्यापक अनि पछि स्नातकोत्तर शिक्षकको रूपमा सिक्किम सरकारको शिक्षा विभागमा सेवा पुऱ्याएपछि वर्ष 2013 म उनी राजनीतिमा प्रवेश गरेका हुन्। 2014 मा सक्रिय सदस्यको रूपमा भारतीय जनता पार्टीमा सामेल भएका डीबी चौहानलाई प्रदेश भाजपामा प्रशिक्षण प्रभारी नियुक्त गरिएको थियो भने पछि गएर जनवरी, 2016 मा उनी पहिलोपल्ट प्रदेश अध्यक्ष बन्न पुगेका थिए। विगत चार वर्षमा प्रदेश अध्यक्षको पदमा रहेर सफल कार्यकालको कदर गर्दै यसपल्ट भाजपा केन्द्रिय शीर्ष समितिले उनलाई पुनः आगामी कार्यकालको निम्ति अध्यक्ष पदमा मनोनित गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!