Loading... आजः शुक्रबार , असार ६, २०८२

डेलिकेशन टोली काठमाण्डौमा, अर्थ मन्त्री संग भेट


बर्दिया राजापुर
भाद्र ३०
कर्णाली नदी व्यवस्थापन लगायत राजापुर र गेरुवा क्षेत्रको विकासका लागि आवश्यक बजेट माग गर्न संघिय सासंद सन्त कुमार थारु काे नेतृत्वमा डेलिकेशन टोली काठमाण्डौ पुगेको लुम्बिनी प्रदेश सासद दिपेश थारुले बताउनु भएकाे छ ।

             टेलिफोनबाट कुरा गदै लुम्बिनी प्रदेशका सासद दिपेश थारुले आज अर्थ मन्त्री जर्नादन शर्मा संग भेट गरी कर्णाली नदी व्यवस्थापनका लगायत राजापुर सिचाई राजापुरमै स्थापना, राजापुर नपा ५बदालपुरमा कोल्स्टोर निमार्ण ,जनताको जग्गा जनतालाई फिर्ता गराउन, राजापुरमा बिशेष आर्थिक क्षेत्र छिटो भन्दा छिटो स्थापना गराउन लगायत राजापुर र गेरुवा क्षेत्रको बिकासका लागि छलफल गरी आवश्यक बजेट माग गरेको बताउँदै अर्थ मन्त्रीबाट मन्त्रालयहरुबाट माग भइ आएको त्यसको व्यवस्थापन गर्ने आश्वसन पाएको बताउनु भयो । भोली सिचाई मन्त्री पम्पा भूसाल संग भेट गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
डेलीकेशन टोलीमा संघिय सासद सन्त कुमार थारु,लुम्बिनी प्रदेश सासद दिपेश थारु, थारु आयोगका अध्यक्ष विष्णु चौधरी, समाजसेवी सुरेश पन्थ, अशोक भट्ट कर्णाली नदी व्यवस्थापन कार्यालय राजापुरका प्रमुख धर्म राज न्यौपाने रहेका थिए ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!