Loading... आजः शनिबार , श्रावण १२, २०८१

डोल्पामा डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलित


जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। जिल्ला विपत व्यवस्थापनको बैठकमा छलफलकै क्रममा स्वास्थ्य सेवा प्रमुखलाई प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले कामबाट पन्छिन खोजेको भन्दै हिरासतमा राख्न भनेपछि स्वास्थ्यका कार्मचारी आन्दोलनमा उत्रिएका छन्।

जिल्ला प्रशासनको नेतृत्वमा सदरमुकाममा थप क्यारेन्टिन र कम्तीमा पनि ३० शैयाको विशेष व्यवस्थापनसहितको आइशोलेसन निर्माण गर्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका थिए।

सोहि अनुसार व्यवस्थापनका लागि बसेको विपत व्यवस्थापन समितिको बैठकमा स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले काम गर्न सक्दैन र मलाई कारबाही गरे हुन्छ भन्दै बाहिरिएपछि आफूले कारबाही गर्नका लागि आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए।

Insert your Ads code here

प्रजिअ सुनारले भने,’ स्वास्थ्य सेवा प्रमुखले संकटको समयमा काम गर्न सक्दैन भनेर पन्छिन पाउँदैन। एक जिम्मेवार कर्मचारीले गैरजिम्मेवार कुरा गर्न पाउदैन। जिल्लाका नागरिकको हितविपरित काम गरेकाले कारबाही हुन्छ।’

अहिले जिल्लामा दुई बेडको आइशोलेसन कक्ष मात्रै छ। ‘बारम्बर स्वास्थ्य सेवाका विषयमा कुरा गर्दा विभिन्न बहाना बनाएर पन्छिने गरेको र अहिले गैरजिम्मेवार कुरा गरेकाले कारबाही गर्ने भनेकै हो, कारवाही हुन्छ,’ प्रजिअ सुनारले भने।’

तर यता स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले भने आइशोलेसनको सबै व्यवस्थापन आफूलाई गर्नु भनेपछि आफूले त्यो काम सबै गर्न नसक्ने भनेको बताएका छन्।

रावलले भने,’ घर व्यवस्थापनदेखि अन्य सबैकुरा हामीलाई गर्नुपर्छ भनेपछि ती सबै काम एक्लै गर्न सक्दैन भनेको हो।’

यसरी प्रशासन र स्थानीय तहको सहयोगबिना काम गर्न नसक्ने भन्दै सबै कर्मचारी आन्दोलनमा उत्रिएको बताएका छन्। ‘स्वास्थ्य सेवा प्रमुखलाई किन थुनामा राख्ने, हामीले ज्यानको बाजी मारेर काम गरेका छौं, उल्टै स्वास्थ्यकर्मीमाथि कारबाही हुने, डाक्टर मेलिना हमालले भनिन्,’ बाध्य भएर आपतकालिन कक्ष बाहेक अन्य सबै फाट बन्द गरेर आन्दोलित हुनु परेको हो।’

आफूलाई बैठकबाटै हिरासतमा पाँच मिनेट थुनामा राखेको र आफूसँग गएका अन्य दुईजना डाक्टरलाई समेत अपहेलना गरेकाले ज्यान जोखिममा राखेर काम गर्न नसक्ने स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताएका छन्। अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!