खाडीचौर सडकमा ढिलासुस्तीविरुद्ध खबरदारी गर्ने पाँच सामाजिक अगुवा पक्राउ परेका छन्। नागरिक स्तरबाट सञ्चालित संघर्ष अभियानअन्तर्गत लामोसाँघु जिरी सडक सुधार आयोजनाको कार्यालय डाँडापाखर सिन्धुपाल्चोकमा तालाबन्दी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी ५ जना अगुवालाई पक्राउ गरेको हो।
खाडीचौर-चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जिवी मास्के, सह संयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारीसहित सदस्य सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेत पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रामचन्द्र घिमिरेको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकाले प्रहरी कस्टडीमै बसेर पनि आन्दोलन जारी राख्ने संघर्ष समितिका सहसंयोजक रमेश खतिवडाले जानकारी दिए।
दोलखा र सिन्धुपाल्चोक जिल्लाको महत्वपूर्ण लाइफलाइन मानिएको खाडचौर-चरिकोट सडक स्तरोन्नतिको काममा ढिलाई भएको भन्दै संघर्ष समितिको अगुवाइमा यसअघि विभिन्न आन्दोलन समेत गरेको थियो।
Insert your Ads code here
ढिलाइविरुद्धको नागरिक खबरदारीको आन्दोलनमा दोलखाका नागरिक समाज, विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन्। यो सडकखण्ड पाँच वर्षदेखि अलपत्र रहेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।