Loading... आजः शनिबार , माघ ५, २०८१

तत्कालीन एमाअाेवादी, काँग्रेस र एमालेलाई दिल्लीमा बोलाएर १२ बुँदे गराउने भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी निधन


तत्कालीन एमाअाेवादी, काँग्रेस र एमालेलाई दिल्लीमा बोलाएर १२ बुँदे गराउने भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।

८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको हो। छोरासमेत रहेका पूर्वसांसद अभिजित मुखर्जीले ट्वीटमार्फत आफ्ना बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका छन्।

मस्तिष्कको सर्जरीका लागि अस्पताल पुगेका मुखर्जीको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

Insert your Ads code here

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए। भारतीय राजनीतिमा लामो समयदेखि सक्रिय उनी गत वर्ष भारत रत्नबाट सम्मानित भएका थिए। उनी अर्थ, रक्षा र विदेशमन्त्री भएका थिए।

राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाहलगायतले पूर्वराष्ट्रपति मुखर्जीको निधन भएकोमा शोक प्रकट गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!