Loading... आजः शनिबार , श्रावण १२, २०८१

तराई क्षेत्रमा भ्रमण वर्ष सफल पार्न हात्ती तथा जिप सफारी महोत्सव


पर्सामा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लाको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँपालिका ठोरीबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने खालको पहिलो बृहत कार्यक्रम हुन लागेको छ। ठोरी गाउँपालिकाको वडा नं ५ सुर्वणपुरमा पहिलो ठोरी हात्ती तथा जिप सफारी महोत्सव २०७६ हुन लागेको हो। गाउँपालिका अध्यक्ष एवं महोत्सव आयोजक समिति संयोजक पदमलाल श्रेष्ठले दिएको जानकारी अनुसार आउदो शुक्रबार अर्थात पुस २५ देखि सुरु हुने महोत्सव २९ गतेसम्म चल्ने छ। पर्सा राष्ट्रिय निकुञ्जभित्र पश्चिमी प्रवेशबिन्दुको रुपमा रहेको गडुवालाइनमा आयोजना हुने महोत्सवको सबै तयारी पूरा भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

महोत्सवमा सर्वसाधारणले हात्ती र जिप सफारीको आनन्द लिन पाउने भएपछि आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकसमेत यहाँ आउने विश्वास लिइएको छ। सफारीमा निकुञ्जभित्रका वन्यजन्तु अवलोकन र पर्यावरणीय विविधताको आनन्द गर्न पाइने छ। उसै पनि सीमावर्ती क्षेत्रका भारतीयको रोजाइमा ठोरी घुमफिरका लागि पहिलो रोजाइमा पर्ने गरेको छ। यस महोत्सवले पर्यटन प्रवर्द्धनमा राम्रो प्रभाव पार्ने विश्वासका साथ आयोजकले यसलाई बर्सेनि निरन्तरता दिने घोषणासमेत गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकिनगर बाघ आरक्षको संगममा रहेको ठोरी पर्यटकीय दृष्टिकोणले मध्य तराईको मुख्य स्थानमध्ये पर्छ। पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिइएको नागरिकन्यूज डटकमले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!