बर्दिया,राजापुर
एक मुस्कानमा लुकेको खुसी, एक बालिकामा भएको मन्द मुस्कान नै सबैको खुसी बन्न पुग्छ ।
एक बिद्यालयमा बिद्यार्थीहरुलाई पोशाक बितरण कार्यक्रममा एउटा यस्तो दृश्य देखियो, एकबालीका मन्दमुस्कान सहित साथीले पाईरहेको सामान बिद्यालय पोशाक निहाली रहेका थिए, साथीको मुस्कानमा रमाई रहेका यि बालिकामा आफैनै अदृश्य हेराईले उनका केही सपनाहरु देखाईरहेको अनुभूती भयो ।
असार ४ गते बुधबारका दिन राजापुर नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडियामा वडा अध्यक्ष प्रसादु थारुबाट बिद्यार्थीहरुलाई बिद्यालय पोशाक ( स्कूल ड्रृेस) बितरण गरीरहेको समयमा ( स्कूल ड्रृेस) पाउने बिद्यार्थीमा नयाँ पोशाक पाउनुको मूस्कान र निहाली रहेका बालिकाको हेराई र बितरण गर्दे गर्दा वडा अध्यक्षको खुसी नै यो तस्बीरले केही खुसी साटीरहेको अनुभूती देखिन्छ ।