तातोपानी नाकामा चिनियाँ पर्यटकलाई गरियो स्वागत
तातोपानी नाका हुदै धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने उदेश्यका साथ भ्रमण वर्षको पहिलो दिन नेपाल चिनबिचको मितेरी पुलमा चिनियाँहरुलाई भव्य स्वागत गरिएको छ।
स्थानीय सरका र प्रदेश ३ को उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयको आयोजनामा दुई देशबिचको सीमा मितेरी पुलमा चिनियाँ अधिकारीहरुलाई भव्य स्वागत गरिएको छ।
मितेरी पुलमा जम्मा भएका नेपालीहरुले पञ्चेबाजा,नेवारी बाजा,झाक्री नाच लगायतका स्थानीय सास्कृतिक प्रस्तुतीले चिनियाँहरुलाई स्वागत गरेका थिए।
चिनको नेलम राज्यका उच्च पदाधिकारीहरु सीमा क्षेत्रमा नेपालको पर्यटन वर्षको निम्तो मान्न आएका थिए।
नेलमा सरकारका प्रतिनिधिहरुलाई मितेरी पुलमा स्वागत र सम्मान गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लगायत स्थानीय सरकारका प्रतिनिधिहरु र ठूलो संख्यामा स्थानीयको सहभागीता थियो।
मितेरी पुलमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र भोटेकाशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले नेपाली टोपी लगाएर चिनियाँ अधिकारीहरुलाई भव्य स्वागत र सम्मान गरेका थिए।
तातोपानी नाका हुँदै अधिक चिनियाँ पर्यटकहरुलाई नेपाल आउने वातवरणको सिर्जना गर्न मितेरी पुलमा सबैको सहयोगमा पर्यटन वर्षमा चिनियाँहरुलाई स्वागत गरिएको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष शेर्पाले बताइन्।
चिनियाँ अधिकारीहरुलाई तातोपानी क्षेत्रमा क्रियाशिल होटल व्यावसायीहरुले पनि स्वागत गरेका थिए।
नेपालको पर्यटन वर्षको निम्तोलाई स्वीकार गर्दे चीनको नेलम कन्ट्रीका डेपुटी सेक्रेटरी लब सिरेन, जाङमु भन्सारका प्रमुख यान जिन, नेलम कन्ट्रीका प्रहरी प्रमुख बेन्बा सिरेन, नेलम अध्यागमन प्रमुख निमा युन्डन लगायत १३ जना उच्च अधिकारीहरु नेपाल आएका छन्।