Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

तातोपानी र केरुङ नाका खाेल्ने निर्णय


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मालसामान आयात निर्यात गर्न सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउे निर्णय गरेको छ। बुधबार बसेको बैठकले माघ १५ गतेदेखि बन्द रहेको उक्त नाका खुलाउने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय भएको छ। उक्त निर्णय अनुसार त्यसको आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने उल्लेख गरिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!