Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

तातोपानी र केरुङ नाका चाँडै सुचारु हुने काठमाडौँस्थित चिनियाँ राजदूताबासको भनाइ


काठमाडौँस्थित चिनियाँ दूतावासले चाङ्मु (तातोपानी) र चिलोङ्ग (केरुङ्ग) नाकाबाट नियमितरुपमा सामान नेपाल ढुवानी हुन नसकेको र त्यसलाई खुलाउन प्रयास जारी रहेको बताएको छ। दूताबासका प्रवक्ता वाङ्ग स्याओ लोङ्गद्वारा जारी विज्ञप्तिमा दुबै नाका सक्दो छिटो खोलेर सुचारु गर्नका लागि चीन र नेपाल दुवैतर्फबाट तदारुकताका साथ काम भइरहेको जनाइएको नेपालसमाज अनलाइनले लेखेको छ।
वर्षा र कोरोना महामारीका कारण ती ठाउँबाट सामान आपूर्तिमा पटक पटक समस्या भएको र त्यसको सुधारको लागि नेपाली पक्षले देखाएको चासोलाई चीनले महत्व दिएको दूतावासले जनाएको छ।”कोरोना रोकथामका लागि चीन र नेपालबीच सीमा नाकाहरुमा कडाइ गरिएको छ तर नेपालको स्वास्थ्य सामग्री र दैनिक आवश्यकतालाई मध्यनजर गरी चीनबाट नेपालमा एकतर्फी सामान आपूर्तिका लागि चाङ्मु र चिलोङ्ग नाका खुला गरिएको थियो,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”वर्षा र महामारीका कारण ती नाकाहरुबाट सामानको ढुवानीमा पटक पटक अवरोध सिर्जना भएको छ।”

चिनियाँ दूताबासबाट विज्ञप्ति सार्वजनिक भएकै दिन बुधबार अपराह्न रसुवागढी नाकाबाट दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ। चीनबाट आयात गरिएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य बुधबारै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलि बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!