Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

तिनसुकियाको ग्यासमा लागेको आगोले लियो दुइजनाको ज्यान आगो अझै निभेको छैन


गुवाहाटी 10 जुन। पूर्वोत्तर भारतको असम राज्यको तिनसुकियाको बागजनमा इण्डियन ओयल लिमिटेडको प्राकृतिक ग्यासको पाँच नम्बर कुवामा लागेको आगोले दुइजनाको ज्यान लिएको छ।

इण्डियन अयलको दमकल सेवामा कार्यरत पाँचजना कर्मचारीहरू मध्ये दुइजनाको आगो निभाउने प्रयासमा मृत्यु भएको छ। एनडीआरएफले आज बिहान दुइजनाको मृत्यु भएको पुष्ट गरेको छ भने मृतकमा ध्रुलोप गोगई अनि टिकेश्वर गोहिन भनि पुष्टि भएको छ। दुवैको मृतदेह प्राकृतिक ग्यासको भण्डार नजिक फेला परेको बताइएको छ। यी मध्ये गोगोइ असमका पूर्व फुटबल खेलाडी पनि रहेका थिए। आगलागीमा ग्यास रसाउले दुइ व्यक्तिको ज्यान गएपछि क्षेत्रमा शोकको माहोल छाएको छ।

इण्डिय ओयलको ग्यास गत 27 मईदेखि चुहेको थियो भने हिजमात्र उक्त ग्यास रसाउलाई रोक्ने प्रयास गर्ने दल बोलाइएको थियो तर जाँचकै बेला आगो लागेपछि स्थिति भयावह बनेको हो। घटनापछि स्थानीय गाउँलेहरूले कडा विरोध प्रदर्शन गरेको छ भने इण्डियन ओयलको वाहनहरू तोडफोड पनि गऱ्यो।
अर्कोतिर उक्त आगलागीले क्षेत्रमा रहेको चर्चित मागुरी मोटापोङ सिमसार क्षेत्र रहेको छ। जुन चराको निम्ति भारतमै विख्यात रहेको छ। गाउँसमेत अब उक्त वन्य क्षेत्र अनि वन्य प्राणी पनि संकटमा पर्ने बताइको छ। उक्त सिमसार क्षेत्र धेरै दूर्लभ प्रजातिको चरा अनि अप्रवासी पन्क्षीहरूको घर हो जुन पन्क्षी प्रेमीहरूको निम्ति चिन्ताको विषय बनेको छ।

यसैगरि ओयल इण्डियाले मृतकको परिवारलाई क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ। जसमा लगभग 30 लाख रूपियाँ मृतकको परिवारका सदस्यलाई प्रदान गरिने बताइएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!