Loading... आजः शनिबार , असार ३०, २०८१

तिब्बतको केरुङ् च्छो ताल फुट्न सक्ने भन्दै सचेत रहन सूचना


चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गतको कुतिको केरुड च्छो ताल अबिरल बर्षाको कारण कुनैपनि बेला फुट्न सक्ने भएकाले भोटेकोशी आसपासमा बस्ने नेपालीहरुलाई सुरक्षित रहन नेपाल सरकारलाई चीन सरकारले अनुरोध गरेपछि अहिले भोटेकोशी आसपासमा स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

चीनले उक्त जानकारी गराएपछि भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका,लगायतका मानवबस्ती बगाउन सक्ने भएकाले उक्त स्थानमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको नेपालसमाज डटकमले जनाएको छ।

उक्त ताल फुटेमा नेपालमा ठुलो क्षति पुर्याउने भएकाले सर्तक रहन पनि स्थानीय प्रशासनले बिपद ब्यवस्थापन समितिलाई समेत आग्रह गरेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!