Loading... आजः शनिबार , श्रावण १२, २०८१

तिब्बतमा भएको हिमपातले नेपालचीन नाकामा आयात–निर्यात प्रभावित


चीनको स्वायत्त प्रदेश तिब्बतमा हिमपात भएपछि रसुवागढी नाकाबाट सामान आयात–निर्यात प्रभावित भएको छ। हाल सञ्चालनमा रहेको मध्ये नेपाल-चीन जोड्ने सबैभन्दा छाटो नाका रसुवागढी काठमाडौंदेखि १५२ किलोमिटरको दूरीमा रहेको छ। चीन सरकारले यस नाकालाई २०१७ को सेप्टेम्बार १ तारिखका दिन अन्र्तराष्ट्रिय नाकाको मान्यता दिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

रसुवागढीबा २६ किलोमिटर उत्तरपश्चिममा रहेको चीनको तिब्बतस्थित केरुङमा दुई दिनदेखि निरन्तर हिमपात भएका कारण आयात-निर्यात प्रभावित भएको केरुङमा रहेका व्यापारीहरुले जानकारी दिएका छन्। चीनतर्फ हिमपात भइरहेको कारण आयात–निर्यात हुन नसकेको जानकारी आएको प्रहरी निरीक्षक सरोज गिरीले बताउनुभयो। समस्या समाधानका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो।

केरुङमा शनिबारसम्म एक सयभन्दा बढी गाडी लोड हुने तयारीमा छन। हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङ लगायतका स्थानमा चिनियाँ पक्षले सवारी सञ्चालनमा सजहकता अपनाउन आग्रह गरेको व्यापारीहरुको भनाइ छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!