Loading... आजः शनिबार , श्रावण १२, २०८१

तीन वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत


अबको तीन वर्षभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा सबै नेपालीको पहुँच पुग्ने भएको छ। आउने तीन वर्षभित्र राष्ट्रिय ग्रिड सबै नेपालीसम्म पुर्‍याउने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले ग्रामीण विद्युतीकरणको कामलाई तीव्ररूपमा अगाडि बढाइएको जनाइएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्राधिकरणका वितरण तथा व्यापार विभाग प्रमुख प्रबल अधिकारीले अबको तीन वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् सुविधाका लागि प्राधिकरणको राष्ट्रिय ग्रिड पुर्‍याउने लक्ष्य लिएर प्राधिकरणले कामलाई तीव्रता दिएको जानकारी दिनुभयो।

अहिले प्राधिकरणको राष्ट्रिय ग्रिडमा ८० प्रतिशत नेपालीको प्रत्यक्ष पहुँच रहेको बताउँदै उहाँले भन्नुभयो, ”अबको तीन वर्षभित्र हरेक नेपालीको घरसम्म प्राधिकरणको राष्ट्रिय ग्रिड पुर्‍याइसक्ने छौँ।” राष्ट्रिय ग्रिड जडान सम्भव नहुने क्षेत्रमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गरी बिजुली पु¥याउने लक्ष्य प्राधिकरणको रहेको उहाँले बताउनुभयो।

Insert your Ads code here

प्राधिकरणका प्रवक्ता अधिकारीले चालू आर्थिक वर्षभित्र नै रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा प्राधिकरणको राष्ट्रिय ग्रिड पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो। त्यसैगरी अबको तीन वर्षभित्र डोल्पा र हुम्ला जिल्लालाई राष्ट्रिय ग्रिडसँग जोड्ने लक्ष्य छ।

सबै नेपालीको घरधुरीसम्म राष्ट्रिय ग्रिडको पहुँच पुगेसँग एकातिर उत्पादन भएका बिजुली खेर जाने र अर्कोतिर करिब २० प्रतिशत नेपाली जनतासम्म राष्ट्रिय प्रसारण नपुग्ने अवस्थाको अन्त्य हुने उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रिय ग्रिडमा सबै नेपालीको पहुँचसँगै प्रतिव्यक्ति विद्युत् खपतको अनुपातसमेत बढ्ने बताउँदै उहाँले सन् २०२३ सम्म प्रत्येक नेपालीको वार्षिक विद्युत् खपत सात सय र सन् २०२८ सम्म पन्ध्र सय युनिट पुर्‍याउने लक्ष्य प्राधिकरणको रहेको जानकारी दिनुभयो।

अहिले प्रतिव्यक्ति कम विद्युत् खपत गर्ने मुलुकमध्ये नेपाल पनि एक रहेको छ। अहिले प्रत्येक नेपालीले वार्षिक करिब २४५ युनिट विद्युत् खपत गर्ने गर्दछन्। भान्सामा विद्युत्को प्रयोग अनिवार्य गर्नेलगायतका नीति अवलम्बन गरी नेपालको बिजुली मुलुकभित्रै खपत गर्ने नीति अनुरूप अहिले प्राधिकरणले काम गरिरहेको बताउँनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!