Loading... आजः शनिबार , श्रावण १२, २०८१

तेञ्जिङ नोर्गे शेर्पालाई भारत रत्न प्रदान गरिनुपर्छः सांसद राजु विष्ट


नयाँ दिल्ली, 15 सेप्टेम्बर। विश्वको सर्वोच्च हिमचुली सगरमाथामा पहिलोपल्ट आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पालाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्नुपर्ने माग संसदमा दार्जीलिङका लोकसभा सांसद राजु विष्टले गरेका छन्।
मङ्गलबार संसदको शुन्यकालमा आफ्नो कुरा राख्दै सांसद विष्टले २९ मई १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमन्ड हिलेरी सगरमाथाको शिखरमा पहिलोपल्ट चढ्नमा सफल बनेका थिए। सांसद विष्टले शेर्पा सदनलाई असाधारण परिस्थितिबीच पनि तेञ्जिङ नोर्गे शेर्पा कसरी सगरमाथाको शिखर पुगे भन्नेबारे विस्तारमा बताएका थिए।
शेर्पालाई १९५३ मा नै जर्ज मेडल, स्पेसल ओलम्पिक मेडल, इरान शाह मेडल, नेपाल तारा, युएसएसआर स्पेसल मेडल, फ्रेन्च स्पोर्ट्स स्पेसल मेडल प्राप्त भइसकेको छ। १९९९ मा टाइम्स म्यागजिनले शेर्पालाई विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक घोषित गरिएको थियो। सन् २००० मा उनलाई लाइफ म्यागाजिनले विश्वका १० सर्वश्रेष्ठ एथलिटहरूमध्ये एकजनाको रूपमा मान्यता प्रदान गरिसकेको छ। यसबाहेक नाशाले प्लुटो ग्रहका पहाडहरूमध्ये एउटाको नामाकरण तेन्जिङ मोन्टेससमेत राखिसकेको छ। भारतले अघिबाटै पद्मभूषणजस्तो प्रतिष्ठित सम्मान प्रदान गरिसकेको छ भने शेर्पाकै नाममा भारत सरकारले हायेस्ट एडभेन्चर स्पोर्ट्स एवार्ड स्थापना गरेको छ।
यति हुँदाहुँदै पनि ऐतिहासिक उपलब्धिको निम्ति दिइनुपर्ने सम्मान अझ पनि अपुरो नै छ जस्तो आफूलाई लागेको भन्दै विष्टले भारतले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान भारत रत्नको निम्ति शेर्पा सर्वाधिक योग्यले उनलाई यो सम्मान प्रदान गरिनुपर्छ भन्ने माग गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!