Loading... आजः शनिबार , श्रावण १२, २०८१

तेञ्जिङ शेर्पाको १०६ औं जन्म जयन्ती पालन


गेजिङ २९ मई। तेन्जिङ नोर्गे शेर्पा वा तन्जीन नोरग्यास शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भएर सगरमाथा आरोहण गरेका तेञ्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मइ २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन्| तेञ्जिङको जन्म् १९१४मा थ्याङबोचे  भएको अनुमान गरिएको छ। उनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए। यसैले शुक्रबार तेञ्जिङ शेर्पाको १०६ औं जन्म जयन्तीलाई पश्चिम सिक्किमको उत्तरे तेञ्जिङ हिलेरी मेमोरियल पार्कमा मनाएको छ। कोरोना भाइरसको विस्व त्रासीत महामारीमा पनि समाजिक दुहुरीलाइ पालना गर्दै गत बर्षाको तुलनामा संक्षिप्त तरिकाले पालन गरेको छ।

विस्वको इतिहासमा सिक्किम राज्यको पश्चिमी भूभाग मानेबुङ देन्ताम समष्टिको उत्तरेमा निर्माण गरिएको तेन्जिङ हिलेरी स्मृति मेमोरियल पार्कमा अहिले पर्यटकहरुको पनि एउटा मुख्य केन्द्र बिन्दु बन्दै गएको छ। तर वर्तमान स्थिति असहज छ भनेर विश्वले स्वीकारी रहेको समय पनि यस पार्कलाई सरसफाइ गर्दै र विश्व शान्तिको कामनाले पुजा अर्चना गरेर यस बर्षको कार्यक्रम सफल गरेको छ। १० ऐकर जमिनमा लगभग ५६ कडोरको लागतमा बर्ष २०१६ मा पुर्व एसडिएफ सरकार कालमा निर्माण गरिएको हो। त्यस ताकका मुख्य मन्त्री पवन चामलिङले यसलाई पर्यटन पुर्वधारको रुपमा लिएका थिए।

यसरी नै विश्वका सम्पूर्ण नेपाली ,गोर्खाली समुदायको एक गैरवशाली इतिहासलाइ बचाइ राख्न यस उत्तरे भेगमा सालिग र एउटा संस्कृति भवनको निर्माण गरिएको छ। यसलाई संरक्षण र जिउँदो राख्न बर्तमान सरकार लागी परेको छ जस्मा आजको यस जन्म जयन्तिलाई सफल गराउन क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा मुख्य अतिथिको रुपमा उपस्थिति रहेका थिए भने साथमा डेन्जोङ शेर्पा एसोसिएसनका अध्यक्ष साथै अन्य समिति, शेर्पा कल्याण समितिका अध्यक्ष उपाध्यक्ष सहित ग्राम पन्चायत आदिकाे उपस्थिति रहेकाे थियोे। कार्यक्रमकाे प्रथम चरणमा मुख्य अतिथि विशिष्ट अतिथिद्वारा हिलेरी पार्क नजिक रहेकाे पाेखरीमा पुजा अर्चना गर्दै तेन्जिङ शेर्पाको स्मृतिमा केक काटेर विधिवत कार्यक्रम शुरू भएकाे थियोे।

प्रभारी सुब्बाले भारतकाे इतिहासमा सिक्किम राज्यमा अधिक संख्यामा शेर्पा र्पा जाति बसाेबासाे गरेकाे जानकारी दिँदै शेर्पा जाति भनेकाे लेकभेगमा बसाेबासाे गर्ने हुन उच्च भेगमा रहने जाति भएको कारण शहरतिर याे जाति नपाइएको कारण याे रहेकाे उनले बताए ।वर्तमान सरकारकाे पनि यस स्थानलाइ अझ बढोत्तरी गरेर विभिन्न पुर्वधार तयार गर्ने निर्णय लेको तर यो विस्व त्रासित महामारीले गर्दा बाधा पुगेको र समयमा यसलाई अझै बडाएर लाने बताए वर्तमान सरकारले यस जातिको निम्ति राजनीति हक अधिकार प्रदान गरेको बताए।यस वर्ष यो कार्यक्रमलाइ राज्य स्तरीय रुपमा मनाउने सपनालाई महामारीले गर्दा समाजीक दूरी राख्नुपर्ने हुँदा कार्यक्रमलाइ दर्बिलो बनाउन नसकेता पनि समय धेरै ठुल ठुला कार्यक्रम गर्ने बताएका छन्। आजको दिनलाई समारोहको रुपमा नलिए एक स्रद्धा र संरक्षणको रुपमा मात्रै लिएको बताएका छन्। राज्यको निम्ति पर्यटन ब्यवसायमा एक उत्तम स्थान हो जसलाई समयमा काम गर्ने बताए। सरकारकाे कुशल नेतृत्वको कारणले आज राज्यमा यसरी विभिन्न जातिले पर्व परम्परालाई पालन गर्दे भेषभूषा, भाषा शैलीकाे जगेडा गर्ने अवसर प्राप्त गरिरहेका छन उनले भने ।मेमाेरियल पार्कलाई दाेस्राे चरणकाे कार्य रहेकाे छ। याे निर्वाचन क्षेत्रका सेर्पा समुदायले ठुलाे याेगदान पुराएकाे बताए। आगमी दिनमा पनि सकारात्मक सयाेग दिने अपिल गरे। याे स्थानलाई विकास गरिने सडक गुणस्तर रूपमा निर्माण हुने उनले बताउदै पहिला शेर्पाकाे हक अधिकार कस्तो थियोे, राजनीतिमा कस्तो थियोे याे साेच्नुपर्छ यति कम्ती जनसंख्या भएको जातीलाई कति धेरै माैका अनि अवसर सरकारले दिएकाे छ। राज्यमा कुशल राजनीति गर्ने वर्तमान सरकारको नेतृत्वको कारणले आज सबै सिक्किमे जातिकाे भाषा,संस्कृति परम्परा र चाडपर्वहरू सुरक्षित छ याे विषयलाई हामीले सकारात्मक लिनुपर्छ भने आजको यस कार्यक्रममा सामाजिक दुरीलाई पूर्ण रुपले पालन गरेर सबै सुरक्षीत रहने बताए।

आजको दिनलाई कार्यक्रमको रुपमा नहेरेर एक जातीय उत्थान साथै समुदायको भावी कार्यक्रम माथी भलाकुसारी गर्दै समाजी दुहुरिलाइ पनि पालन गर्दै भेटघाट कार्यक्रम गरेको सिक्किम डेञ्जोङ शेर्पा एसोसिएसनका अध्यक्ष पेमा वाङ्छु शेर्पाले बताए। तिनले यस क्षेत्रलाई थप विकास गर्न माग सरकार समक्ष राखे।

Insert your Ads code here

समुदायमा समितिको पुर्ण विवरण अनि हरहिसाबबारे ग्लोबल शेर्पा एसोसिएसनका कोषाध्यक्ष मिङ्मा शेर्पाले राखेका थिए भने यस बाहेक भारती जनता पार्टीका राज्य सचीव लातेन शेर्पाले पनि आफ्नु सुझाव राखेका थिए। आजको दिनलाइ एक एतिहासिक रुपमा लिएको छभने त्यस ताकमा तेन्जिङ शेर्पाले यहि बाटो भएर हिमाल यात्रा गर्थे भन्ने हामी पनि उनको भारी बोकेर पैसा कमाउथ्यो ९१ वर्षिय मिङ्मा शेर्पा बताउँछन्।(केएन शर्मा)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!