चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले अगष्ट १३ तारिख नियमित पत्रकार सम्मेलनमा बताउनु भए अनुसार चीन र नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अगष्ट १२ तारिख भिडियोमार्फत तेह्रौं चरणको चीन-नेपाल कुटनीतिक वार्ताको आयोजना गरी चीन र नेपालको सम्बन्ध र साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान गरेका छन्।
प्रवक्ता चाउकाअनुसार, चीन र नेपाल नदी र पहाड जोडेका मैत्रीपूर्ण छिमेकी हुन्। गत वर्ष दुई मुलुकका राष्ट्रनायकहरूले सफलताका साथ पारस्परिक भ्रमण गर्नुभएको थियो। उहाँहरूले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइसम्म उकास्नुभयो। चालु वर्ष दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएको ६५औं वार्षिकोत्सव हो। दुई मुलुकका नेताहरूले एक अर्कालाई बधाई सन्देश आदानप्रदान गर्नुभयो। चीन र नेपालले कोरोना भाइरस महामारीको प्रतिरोध गरेको क्रममा एक अर्कालाई सहायता दिएका छन्।
चीनले नेपालसँग मिलेर दुई मुलुकका नेताहरूको सहमतिलाई व्यवहारमा उतार्ने, महामारी विरुद्धको सहयोगलाई निरन्तर रुपमा बढाउने, “बेल्ट एण्ड रोड”को संयुक्त रुपमा निर्माण गर्ने, अर्थतन्त्र तथा व्यापार र लगानी, सहायता, प्रतिरक्षा, कानुनी कार्यान्वयन सुरक्षाआदि सहयोगलाई सबल पार्ने, द्विपक्षीय सम्बन्धको विकासलाई अगाडि बढाउने छन्।