Loading... आजः शनिबार , श्रावण १२, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ। विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभयो।

उहाँले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ। तर विमानस्थलले भदौ १पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताउनुभयो। त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुनेछ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो। समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो।विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताउनुभयो। देशभित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!