Loading... आजः मंगलबार , आश्विन १, २०८१

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा आवेदन फारम भर्न अनुरोध [ सूचनासहित ]


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फको मानविकी व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन सस्ंथान अन्तर्गत वि.ए., वि.वि.एड र वि.एस्सीका परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पस / कलेजमा यहि मंसिर २७ देखि पुष २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर साधारण म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फारम भरी बुझाउन सूचना जारी गरेको छ ।

यस्तो छ सूचना

Insert your Ads code here

यसैगरी त्रिभुवन विश्वविद्यालयले विभिन्न तह, संकाय र खण्डको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवनविश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ साल फागुन महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय तर्फको परीक्षाफल प्रकाशित गरेको हो ।

प्रकाशित सूचना अनुसार शिक्षाशास्त्र सङ्काय तर्फ चार बर्षे स्नातक तह तेस्रो बर्ष परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित भएको हो ।

त्रि.वि सङ्गठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० को परिच्छेद् ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने क्रमाङ्क २८१००२१ र ७७७००१५ का परीक्षार्थीलाई त्रि.वि. बाट सञ्चालन हुने २०७८ सालसम्मको कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउनेगरी २ (दुई) बर्षको लागि निष्काशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल त्रि.वि परीक्षा नियन्त्रण कार्यालय

को आधिकारिक वेवसाईट www.tuexam.edu.np मा गएर हेर्न तथा थाहा पाउन सक्नु हुनेछ त्यसै गरि Sms मार्फत नतिजा हेर्नको लागि B.ED. (Space) symbol numbe

r टाईप गरि 33624 मा Sms गरि हेर्न तथा थाहा पाउन सक्नु हुनेछ ।

परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्यले प्रकाशित गरिएको छ तापनि छपाई वा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । सूचनामा भनिएको छ । साथै लब्धाङ्कपत्र १५ दिन पश्चात सम्बन्धित क्याम्पसबाट वितरण हुने समेत सूचनामा भनिएको छ ।        जनबोली न्यूज नेटवर्क साभार

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!