Loading... आजः शनिबार , श्रावण १२, २०८१

त्रिभुवन विश्वविद्यालयको स्‍नातक तहमा चिनियाँ भाषा पढाइ हुने


त्रिभुवन विश्वविद्यालयले मानविकी संकायमा स्‍नातक तहको चिनियाँ, जापानी र कोरियाली भाषामा पढाइ सुरु गर्ने भएको छ। विषयविज्ञ नियुक्ति गरेर पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको डिन कार्यालयले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

त्रिवि प्राज्ञिक परिषद्ले चिनियाँसहित, जापानी, कोरियाली, अरबी र जर्मनलगायत भाषाको पठनपाठन गराउन स्वीकृति दिएको छ। परिषद्ले स्वीकृति दिएपछि डिन कार्यालयले चिनियाँ, जापानी र कोरियाली भाषाको पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो। प्रशिक्षण र तालिमका रूपमा मात्र विश्वभाषा क्याम्पसमा यी भाषाका कक्षा सञ्चालन हुँदै आएको थियो। विश्वविद्यालय तहको पढाइ सुरु गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख भीमनाथ रेग्मीले बताउनुभयो।

‘पाठ्यक्रमले पूर्णता नपाउँदा भर्ना खोल्न सकिएन,’ उहाँले भन्नुभयो, ‘माघ अन्तिम वा फागुनको सुरुमा भर्ना आह्वान गरेर शैक्षिक कार्यक्रम सुरु गर्न सकिन्छ।’

Insert your Ads code here

विश्वभाषा क्याम्पसले भाषा सिकाउने उद्देश्यले विभिन्न विदेशी भाषाको पढाउँदै आएको छ। १३ देशका भाषामध्ये चिनियाँमा विद्यार्थीको बढी आकर्षण छ। काठमाडौं विश्वविद्यालयमा तीन वर्षदेखि स्नातक तहमा चिनियाँ भाषाको चार वर्षे कोर्स छ। स्कुल अफ एजुकेसन र कन्फुसियस इन्स्टिच्युटले ‘बीएड इन चाइनिज ल्याङवेज टिचिङ’ कार्यक्रम चलाएका छन्।

त्रिविले पनि सेमेस्टर प्रणालीमा चार वर्षे कोर्स सुरु गर्न लागेको हो। मानविकी संकायअन्तर्गत ऐच्छिक विषयका रूपमा विद्यार्थीले तीनमध्ये कुनै एक भाषा रोज्न पाउँछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!