Loading... आजः आइतबार , बैशाख १४, २०८२

थपिएको लकडाउनमा पुरानै पासबाट आवागमन गर्न पाइने


नेपाल सरकारले लकडाउन अवधिभर यसअघि जारी गरिएका सवारी पासलाई नै निरन्तरता दिएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास लिन आउँदा उत्पन्न भिडभाड नियन्त्रण गर्न यसअघि जारी भएका पासबाटै आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

सोमबार सरकारले वैशाख ३ गतेसम्म्का लागि दोस्रो पटक लकडाउनको समय थपेको हो। यसअघि चैत ११ गतेदेखि गरिएको लकडाउन १७ गतेको मन्त्रिपरियषद बैठकले आजसम्मका लागि थपेको थियो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अत्यावश्यक सेवाका लागि यसअघि जारी भएका सवारी पासलाई नै निरन्तरता दिने गरी व्यवस्था मिलाउन स्थानीय प्रशासनहरुलाई निर्देशन दिइएको बताउनुभयो।

सकभर भिडभाड हुनै नदिन र अत्यावश्यक सेवा प्रवाहमा हुने मानिसको चापलाई पनि व्यवस्थित बनाउन पुरानै पासलाई निरन्तरता दिइएको बताए। गृहको परिपत्र पछि सोमबार नै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले पुरानै पासलाई निरन्तरता दिने निर्णय गरिसकेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!