थप भयावह स्थिति निम्त्याउने खतरा देखिएको छ: नेता जनार्दन शर्मा
पूर्व गृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्माले स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) ल्याउन ढिला भइरहेको प्रति आपत्ति जनाउदै तत्कालै व्यवस्था गर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ। उहाँले कोरोना भाइरस रोगको संक्रमण संख्या बढ्दा समेत पीपीई स्वास्थ्यकर्मीको हातमा नपर्नु दुखद भएको भन्दै यसले थप भयावह स्थिति निम्त्याउने खतरा देखिएको बताउनुभयो।
लकडाउनको समयमा व्यतित गर्दैगरिरहेको दिनका सम्बन्धमा नेता शर्माले आफुलाई पीपीईको चिन्ता रहेको र तीन जनामा संक्रमण पुष्टि भइसकेको अवस्थामा धेरै मानिसको परीक्षणको खाँचो रहेको बताउनुभयो। नेता शर्माले भन्नुभयो–स्वास्थ्यकर्मीहरुले ज्वरोका बिरामी समेत जाँच्न डराइरहेको अवस्थामा पीपीई कहिले आउछ र कसरी स्वास्थ्यकर्मीसम्म पुग्छ भन्ने विषय अझै अन्यौल छ यो गम्भिर विषय हो।
सम्वन्धित निकायले कहाँ गएर ल्याउनुपर्ने हो वा कसैले पठाउने हो जसरी पनि तुरुन्तै अस्पतालहरुमा पीपीई पुर्याएर परीक्षणलाई बढाउनुपर्छ। स्वास्थ्यकर्मी नै सुरक्षित नरहे कसरी बिरामी जाच्न सक्छन् र कसरी महामारी नियन्त्रण हुन्छ? प्रश्न गर्दै उहाँले मेरो दिनचर्या पीपीई कहिले आउछ र महामारीलाई कसरी रोक्ने भन्ने चिन्तामै बितिरहेको छ।
पूर्वमन्त्री शर्माले भनेजस्तै सरकारी अस्पतालकाे अवस्था चिन्ताजनक र दयनीय छ। टेकु अस्पतालमा भेन्टिलेटरका लागि अावश्यक अक्सिजन पर्याप्त छैन। टेकु अस्पतालमै पिपिई, अाईसियु र लाे टेम्पेरेचर वेडकाे अभाव छ। नेपालकाे राजधानी काठमाडौंकाे सबैभन्दा पुरानो वीर अस्पतालमा पनि उपयुक्त र विश्वसनीय अाधार छैन। महाराजगन्जस्थित शिक्षण अस्पतालमा डाक्टरका लागि अावश्यक उपकरण र पिपिई छैन। देशका अन्यत्र स्थानमा अस्पताल काेराेना संक्रमितकाे उपचारका लागि कुनै पनि काेणबाट उपयुक्त र सुरक्षित छैनन्। जिल्ला जिल्लामा अाईसाेलेसन वार्डहरु निर्माण गरिएको जसरी सामाजिक सञ्जाल मार्फत समेत प्रचारप्रसार भइरहेको छ। त्यो देख्दा महाेत्सव, यज्ञ अादिमा अाएका मानिस बस्नकालागि र अझ भन्ने हो भने धर्मशाला सञ्चालनका लागि मात्रै उपयुुक्त छन्। काेराेनाकाे नियन्त्रण र यसबाट बच्नका लागि सरकारले गम्भीर भएर ब्यवस्थापन गर्ने तर्फ सफलता पाउन सकिरहेको छैन। सरकारले अावश्यक सामाग्री अन्य देशबाट ल्याउनका लागि टेण्डर अाव्हान गरेकोमा पहिलोपटक कसैले पनि सहभागीता जनाएनन्। यसैबीच हिजो मंगलबार चिनियाँ सरकारी कम्पनीले सरकारलाई अावश्यकपर्ने सामाग्री सरकारले प्रक्रिया पुरा गरेको २४ घण्टामा उपलब्ध गराइदिने प्रस्ताव सहित भेट गरेको थियो। एकातिर अाज बुधबार दिउँसो ३बजे सरकारलाई अावश्यक सामाग्रीकाे लिष्ट उपलब्ध गराउने वचन दिएका महानिर्देशक श्रेष्ठ र खरीद विभागका डाेटेलले भित्रभित्रै अर्को प्रक्रिया शुरु गरेबाट पनि त्यहाँ ठूलो चलखेल छ भन्ने बुझ्न कठिन छैन। यसरी कमिशन नपाइने भएपछि स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, प्रक्रिया खरीद विभागका डाेटेल र डाक्टर सागरले मन्त्रीलाई अाफ्नाे अनुकूलता अनुसारको सल्लाह दिएर हिजो गुपचुप अाज बुधबार दिउँसो ३बजेसम्मकाे समय राखेर टेण्डर अाव्हान गरियो। कमिशनका लागि उनीहरूले विशाल पण्डित र अशोक चाैलागाईसँग बारम्बार छलफल गरेर कमिशनकाे सेटिङ मिलाइरहेका छन्। यस काममा प्रधानमन्त्री कार्यालयका केही पदाधिकारी र स्वास्थ्य मन्त्रालयका उच्चस्तरीय ब्यक्तिकाे संलग्नता रहेको स्पष्ट भइरहेको छ। अाज बुधबार दिउँसो स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेर चिनियाँ सरकारी कम्पनीका पदाधिकारीले साेही कुरा दाेहाेर्याउँदा महानिर्देशक महेन्द्र श्रेष्ठलाई देखाएर मन्त्री ढकाल पन्छिए।
देश महामारीकाे चपेटामा पर्दैछ, सरकारका सबैजसो अस्पतालमा अावश्यक उपकरण नभएर अातंकित बनेका छन्। यस्तो अवस्थामा काेराेना संक्रमित विरामी अस्पतालमा अाएमा डाक्टर र नर्सहरु उपचार गर्न नसक्ने अवस्थामा छन्। देश जतिसुकै भयावह अवस्थामा रहेपनि सरकारी पदाधिकारी यही माैका हो कमाउने ठानेर गलत उद्देश्यले काम गरिरहेकाे देखिन्छ। एकातिर सरकारले जनतालाई भनेजस्तो ढुक्क हुने अवस्था छैन भने अर्कोतिर सरकारी पार्टीका नेताहरू मुकदर्शक बसेका छन्। सरकारले समस्या समाधानका लागि उपयुक्त कदम चाल्न नसकेको बुझेर पनि माैन रहेका सत्तापक्ष र प्रतिपक्षका नेताहरूकाे ब्यवहारले थप त्रास र अाशंका बढाएको छ। जनतालाई नढाँटीकन भन्ने हो भने टेकु अस्पतालकाे अवस्था दयनीय छ भने अन्य अस्पतालमा भरपर्दो र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्तरकाे ब्यवस्था छैन। यसतर्फ सरकार, सरकारी पार्टीका नेताहरू र प्रतिपक्षकाे ध्यान समयमै पुगाेस्।
तपाइँकाे प्रतिक्रिया
