नेपालमा कोरोना भाइरस संक्रमित थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ३ पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार दिएको जानकारी अनुसार ललितपुरकी ६५ वर्षीया महिला, बाराकी बारा २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको छ।
यसैगरी काठमाडौंका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष, र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको जनाएको छ।