Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

थारु दशैँ समबन्धी डकुमेन्ट्री सार्वजनिक


 

बदिया, बारबर्दिया नगरपालिकाले निर्माण गरेको दस्यासम्बन्धी डकुमेन्ट्री सार्वजनिक गरिएको छ।

राज कुश्मीले निर्देशन गरेको डकुमेन्ट्रीमा स्यवं राज कुश्मी, अन्जु कुश्मी, सुनिता चौधरी, सत्यनारायण फेटारालगायतले अभिनय गरेका छन्। पश्चिम थारु समुदायमा मनाइने दशैँको बारेमा डकुमेन्ट्रीमा मूलकथा वस्तु बनाइएको छ। परापूर्वकालदेखि मनाइँदै आएको दशैँको पौराणिक गतिविधि तथा गीत संगीत डकुमेन्ट्रीमा समावेश गरिएको छ।

Insert your Ads code here

दशैँ सुरु हुनुअघि पश्चिम थारु समुदायमा पात टिप्ने, त्यसको डोना टेपरी (टपरी) बनाउने, घोड्वा (मूर्ती) पूजा गर्ने, ढिकरी खाने, हुर्दुङ्वा नाच देखाउने, पित्तर अस्रैना (पूर्खाहरुलाई सम्झिने)लगायतका कार्य हुने गर्छ। यही कथावस्तुलाई समावेश गरेर डकुमेन्ट्री निर्माण भएको निर्देशक कुश्मीले जानकारी दिए।

त्यस्तै बारबर्दियाका नगपालिकाका मेयर दुर्गाप्रसाद चौधरीले थारु सँस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले डकुमेन्ट्री निर्माण गरेको बताए। उनले स्थानीय स्वायत्त शासनले पनि स्थानीय भाषा, कला, सँस्कृति तथा पौराणिक चिजबिचलाई संरक्षण र प्रवर्द्धन गर्ने अधिकारी दिएकाले सबै थारु जनप्रतिनिधिलाई त्यसतर्फ लाग्न उनले प्रेरित गरे।

’थारु कला सँस्कृतिलाई जगेर्ना गर्ने अभियानअनुरुप यो डकुमेन्ट्री निर्माण गरेका हौं। थारुका चाडवाड र मौलिक पहिचानलाई डिजिटल प्रविधिमार्फत् प्रवर्द्धन गर्ने अभियानमा अन्य स्थानीय तहका प्रमुखरुले पनि ध्यान दिनु आवश्यक छ,’ उनले भने। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका सांसद सन्तकुमार थारुले थारु सँस्कृतिहरु विस्तारै लोप हुने अवस्थामा रहेकाले त्यसको संरक्षणमा यो डकुमेन्ट्रीले ठूलो टेवा पुर्याउने बताए।

 

पछिल्लो समय गाउँघरमा डिजे बजाउने संस्कार आएकाले पनि मौलिक पहिचानहरु गुम्दै गएको उनको भनाइ थियो। थारु समुदायमा पनि पश्चिमी संस्कारले गाजेको अवस्था छ। जसका कारण आफ्ना रीतिरिवाज र मौलिक पहिचानहरु गुम्ने अवस्थामा रहेको छ।अहिलेका पुस्तालाई यो डकुमेन्ट्रीले ठूलो पाठ सिकाउनेछ,’ उनले भने।

त्यस्तै गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले डकुमेन्ट्रीमा केही कमजोरी भएपनि डकुमेन्ट्री उत्कृष्ट बनेको बताए। उनले यसमा पात टिप्नेदेखि टीका लगाउनेसम्मको गतिविधि समावेश गरेको भए अझ राम्रो हुने बताए। ’थारुहरुले चामलको टीका लगाउने चलन छ। बर्घरकहाँ गएर मनोरञ्जन गर्ने चलन छ। ती कुराहरु छुटेका छन्। अगामी दिनमा यी चिजहरु पनि समेट्न सकिए राम्रो हुन्थ्यो,’ उनले भने।

त्यस्तै लेखक सत्रुघन चौधरीले यो डकुमेन्ट्रीले विश्वमै एउटा चिनारीको रुपमा प्रस्तुत हुने जानकारी दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!