Loading... आजः शनिबार , श्रावण १२, २०८१

थोमस चाण्डीलाई नियुक्त गर्नु सिक्किमे जनतालाई अप्रेल फूल बनाउनु हो


गान्तोक, 18 अप्रेल। सिक्किम सरकारले हालै सिक्किम प्रदुषण नियन्त्रण बोर्डको अध्यक्षकोरूपमा डा. थोमस चाण्डीलाई नियुक्त गरेको कुरालाई लिएर उकिल नविन किरण प्रधानले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो 17 अप्रेवको दिन सिक्किम सरकारले आईएफएस डा. थोमस चाण्डीलाई अध्यक्ष नियुक्त सन्दर्भमा बोल्दै एसकेएम पार्टी सरकारमा आउनुभन्दा अघि गरिएको वाचा एक्सटेन्सन, रि एपोइण्टमेण्ट अनि कुनै पनि पोस्टमा सिक्किमे नागरिकलाई प्राथमिकता दिने कुरालाई याद दिलाएका छन्। उनले राज्यमा अहिलेसम्म सरकारले सात आठ जनालाई एक्सटेन्सन गरिसकेको जानकारी दिँदै गएको गएको 11 मार्चको दिन डीओपीले एक अप्रेलदेखि कुनै प्रकारको एक्सटेन्सन दिँदैन भन्ने कुरामा जनतालाई सरकारले अप्रेल फूल बनाएको हो भने। उनले राज्य सरकारलाई भीजनलेस, होपलेस, सेमलेस भइसकेको बताउँदै आफ्ना वाचाहरूको धजिया उडाएको छ भने। उनले भने, अवकाशप्राप्त मानिसलाई दुई लाख 30 हाजर प्रतिमास सेलेरी दिँदैछ। राज्य सरकारले 84 घर गरीबलाई घर छोड्ने नोटिस दिएको छ अनि एसएनटीमा कार्यरत कर्मचारीहरूलाई इलिगल एपोइण्टमेण्ट भनेर निकाल्ने कुरा गर्दैछ। यसरी तीन वर्षको निम्ति चाण्डीलाई नियुक्त गर्दा सिक्किमको कोषबाट 82 लाख 80 हजार रुपिया जानेछ।
यसरी नै उनले थोमस चाण्डीको नियुक्ति भनेको वर्ष 2017-मा विज्ञापन गरिएको थियो। त्यस समयमा डा. चाण्डी आफैंले उक्त विज्ञापनमा हस्ताक्षर गरेका थिए। सिक्किम प्रदूषण नियन्त्रण बोर्डको निम्ति नियुक्त हुनसक्ने एसकेएम पार्टी या सरकारले कुनै मान्छे भेटेन भनि प्रश्न राखेका छन्। नेश्नल ग्रीन ट्रेबुनलले 24 अगस्त 2016 को जारी गरेको जजमेण्टमा बोर्डको अध्यक्ष स्वतन्त्र हुनुपर्छ भन्ने रहेको छ। जजमेण्टमा यस पदको निम्ति कुनै जिम्मेवार मानिसको नियुक्त हुनुपर्ने तर त्यसमा आईएफएस, मुख्य सचिव, वन विभागका सचिव, एमएलए आदि हुनुहुँदैन भन्ने प्रष्ट लेखिएको छ। नविन किरण प्रधानले यस्तो कोविड-19ले लथालिङ्ग भएको समयमा यस्तो काम सरकारले गर्नु नहुनुहो भनेका छन्।
उनले सिप्ला युनिट-दुई बाट दुईजना एग्जुकेटिव अर्पण परियार र टेकनाथ शर्मालाई हिजो निकालिएको छ भन्दै यस सन्दर्भमा लकडाउनको समयमा पुञ्जिवादीहरूलाई कम्पनी खोल्न दिएको कारण यस्तो हालत भएको हो। सिप्ला मेनेजमेण्ट अनि सरकारले यस्तो काम नगरेर सिक्किमका गरीबहरूमाथि भएको यस्तो काममा ध्यान दिने अपील गर्दै सिक्किम सरकारको श्रम विभागले यस विषयमा हस्तक्षेप गरिदिने अपील गरेका छन्। यस अतिरिक्त उनले कोविड-19को समयमा पनि राजनीति भइरहेको बताउँदै यस समयमा सरकार अनि विपक्ष दुवैले राजनीति नगर्नुपर्ने बताए। उनले सिक्किममा कोविड-19को एउटा पनि केस आएको छैन त्यसमा हामी खुशी छौं भन्दै लगभग 8-9 लाख जनसंख्या भएको ठाउँमा केवल 78 जनाको मात्र टेस्ट गरेर कोविड मुक्त छौं भन्न नसुहाउने बताए। उनले सिक्किममा मास रूपमा टेस्टिङ हुनुपर्ने पनि माग उठाएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!