Loading... आजः शनिबार , श्रावण १२, २०८१

दक्षिण एसियाली राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापनाको प्रस्ताव


भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव राखेको छ। कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नै पहलमा आइतबार भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव राख्नुभयो। कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा पनि गरेको छ।

अरु देशले पनि स्वेच्छिक रुपमा योगदान गर्न सक्ने र यसरी जम्मा भएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने मोदीले बताउनुभयो। भारतले विशेषज्ञ र डाक्टर संलग्न र्यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै प्रधानन्त्री मोदीले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने बताउनुभयो। अनलाइन खबरका अनुसार छलफलमा सबैले आपतकालीन कोष बनाउने मोदीको प्रस्तावको स्वागत गरेका छन् तर रकम भने घोषणा गरेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैले कोरोनाबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो। बंगलादेश, पाकिस्तान र माल्दिभ्सले परराष्ट्रमन्त्री र विज्ञरुको पनि भिडियो कन्फरेन्स गर्न र विश्व स्वास्थ्य संगठनजस्ता निकायलाई संलग्न गराउन प्रस्ताव गरेका थिए। जवाफमा भारतीय प्रधानमन्त्री मोदीले निरन्तर सम्वादमा रहने र केही देशले उठाएको औषधि तथा मेसिन आपूर्तिको विषय आफ्नो टिमले ध्यान दिने बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!