Loading... आजः आइतबार , बैशाख १४, २०८२

दक्षिण सिक्किमको चिसोपानी फुटबल क्लबले गरे बरबोटे स्कुलको परिसरमा सरसफाई


 

नाम्ची, 31 अगस्त। दक्षिण सिक्किमको चिसोपानी फुटबल क्लबले सरकारी प्राथमिक विद्यालय बरबोटेको परिसरमा सरसफाई गरेका छन्। यो गैरसरकारी संस्थान चिसोपानी फुटबल क्लबले स्थापनाकालदेखि यता निरन्तर विभिन्न सामाजिक कार्य, खेलकुदसँग सम्बन्धित कार्यक्रम र स्वच्छतामाथि विषेश काम गर्दै आइरहेको छ। क्लबले महिनामा दुईपटक अथवा सम्भव नभए एकपटक यस्ता स्वच्छतामाथि जागरुकता ल्याउन कार्यहरु गर्दै आइरहेको छ। आज चिसोपानी फुटबल क्लबले सरसफाई कार्यक्रम पश्चात् सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सम्बन्धित क्लबका सल्लाहकार छिरिङ भोटियाले बताए अनुसार वैश्विक महामारी कोविड १९-को कारण शैक्षिक संस्थानहरु जुन महिनादेखि बन्द रहेको अनि अनलक ४-को चरणमा भोलिदेखि स्कुलका शिक्षक/शिक्षिका र नन्-स्टाफ कर्मचारीहरुको ड्युटी लाग्ने हुँदा स्कुल परिसर सरसफाई गर्न समुचित नागरिकको कर्तव्यबोध गर्दै क्लबले यो कार्यक्रम आयोजना गरेको बताए। सल्लाहकार भोटियाले मुख्यमन्त्री पीएस गोलेले सरकारी नोकरीमा खेलकुद क्षेत्रबाट आएका खेलाडीहरुलाई सिक्किम सरकारको नोकरीमा दुईदेखि बढाएर पाँच प्रतिशत आरक्षण दिने घोषणाले सम्पूर्ण खेलाडीहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्ने बताउँदै उक्त कुराको क्लबले स्वागत जनाएको छ। अर्कोतिर सल्लाहकार भोटियाले सिक्किममा सम्पूर्ण पञ्जीकृत संस्थालाई सरकारद्घारा वार्षिक आर्थिक अनुदान प्रदान गरे क्लब चलाउन सहज हुने अनि खेल प्रतिभाहरु प्रसस्त जन्मिने अभिव्यक्ति प्रकट गर्दै क्लबले सम्पूर्ण पञ्जीकृत संस्थाहरुलाई वार्षिक रूपमा आर्थिक सहयोग गरिदिने बिन्ति पनि गरेका छन्।
बरबोटे प्राथमिक पाठशालाकी प्रधानाध्यापिका रेखा सुब्बाले चिसोपानी फुटबल क्लबको प्रशंसा गर्दै स्कुल परिवारको तर्फबाट उनले कृतज्ञता प्रकट गरेकी छिन्।
आज आयोजित कार्यक्रममा क्लबका सम्पूर्ण सदस्यहरु उत्साहजनक सहभागिता रहेको थियो।

(क्षितिज छेत्री, नाम्ची)

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!