Loading... आजः शनिबार , श्रावण १२, २०८१

दर्शक श्राेतामाँझ मिलन र रितुको ‘तिमी बिना’


कुसुम मिडिया क्रियशन प्रा.लि.ले नयाँ प्रस्तुति सो रुप ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ। युवा गायक रुबेन अवालेको आवाजमा गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा समेट्न खोजिएको छ। रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन्। गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन्।

भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन्।


Embeded Code:

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!