पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गर्दै मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपील गरेका छन्। उनलेे जारी गरेको विज्ञप्ति जस्ताकाे त्यस्तै:
प्रेस वक्तव्य
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।
Insert your Ads code here
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो। मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।
कृष्णबहादुर महरा
पूर्वसभामुख
तथा प्रतिनिधि सभा सदस्य, दाङ
१७ बैशाख, २०७७