Loading... आजः बिहिबार , माघ ३, २०८१

दलित मुक्ति मोर्चा नेपालको पालिका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


बर्दिया राजापुर भाद्र ७
दलित मुक्ति मोर्चा नेपालको पालिका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम आज सोमबार राजापुरमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गदै राजापुरनगरपालिका प्रमुख शिब प्रसाद चौधरीले राजापुरनगरपालिका भित्र रहेका दलित, भूमिहीन अव्यवस्र्थीत बसोवासीहरुलाई नियम अनुसार जग्गा उपलब्ध गराउने बताउदै नेपालको सबिधानमा दतिलहरुको अधिकारका लागि धेरै कुराहरु लेखीएको बताउनु भयो । राजापुरनगरपालिकाले पनि दलितहरुका अधिकार का लागि मुक्तिका लागि आयआर्जनका लागि विभिन्न किसिमका कार्यक्रमहरु गदै आइरहेको , दलित भनेर कसैले पनि हेप्न नपाउने नगर प्रमुख चाैधरीले बताउनु भयो ।


नेकपा माओवादीका नगर अध्यक्ष तथा राजापुर नगरपालिका वडा नं ८का अध्यक्ष चिन्तामणी आर्चायले जनयुद्धका पहिलो शहीद दलित परिवारका ११ बर्षय दिलबहादुर रम्तेललाई स्मरण गदै आज जुन यो अवस्था आएको छ जुन समानुपातिक समावेशीका कुरा आज लागु भएको छ धेरै दलित परिवारका छोरा छोरीले अधिकार प्राप्तीका लागि गरेका बलिदानकै परिणाम भएको बताउनु भयो , १० बर्षय जनयुद्धकै कारण आज समाजिक सुरक्षा भत्तामा दलितहरुका लागि १० बर्ष अगाडीनै सुरक्षा भत्ता दिने व्यवस्था भएको, ५ बर्ष मूनिका दलित बालबालिकाहरुलाई पोषण भत्ताको व्यवस्था भएको २०७४ साल भन्दा अगाडी लागु नभएको स्थानिय तहमा अनिवार्य २जना महिला सदस्य मध्ये १ जना दलित सदस्यको व्यवस्था लागु भएको ३ जना कार्यपालिकामा दलित सदस्यको व्यवस्था भएको दलितको छुट्टै आरक्षणकोटाको व्यवस्था भएको बताउदै अब सबै दलित समुदाय एकजुट भएर आफ्नो सगठन मार्फत माग राख्नु पर्ने बताउनु भयो ।

दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा सहईन्चार्ज सुरेश भूलले म दलित हु भन्नेमा गर्भ गर्नु पर्ने बताउदै आज माओवादी जनयुद्धमा दलितहरुले गरेको बलिदानीका कारण दलितहरुले विशेष अधिकार दलित प्रतिनिधी पाएको बताउनु भयो ।

Insert your Ads code here


दलित मुक्ति मोर्चाका जिल्ला संयोजक अबिर द्धारा भेलालाइ प्रशिक्षण दिनु भएको थियो ।
विष्णु परियारले संचालन गर्नु भएको कार्यक्रममा बोल्ने दलित मुक्ति मोर्चाका वडा प्रतिनिधीहरुले दलितहरु पिछिडिएको, अहिले पनि हाम्रो समाजमा भेदभाव रहेको,राज्यबाट पाउने सेवा सुविधाहरुको वारेमा थाहा नभएको बताएका थिए ।
भेलाले खड्क परियार सुनारको सयोजकमा १३ सदस्य नगरकमिटी गठन गरेको छ । जसको सह संयोजकमा बिष्णु परीयार र पुनम नेपाली रहेका छन् भने वडा नं १ देखी १० वडाका संयोजकहरु सदस्य रहेका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!