Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

दवाई कारखाना टोरेन्ट फार्माले कर्मचारीहरूको निम्ति गरिरहेको सुरक्षा र स्वच्छताबारे दिए जानकारी


सिङताम, 4 मई। पूर्व सिक्किमको 32 नम्बरमा रहेको टोरेन्ट फार्मा दवाई कारखानाले कोविड 19 को संक्रमणबाट आफ्ना कर्मचारीलाई सुरक्षित राख्ने उपायहरूलाई सक्दो राम्रोसित अवलम्बन गर्ने कार्य गरिरहेको बताएका छ। सेनिटाइजेशन, स्क्रिनिङ, हाथ धुने व्यवस्था देखि प्रत्येक सिफ्टमा तीन अलग अलग रङको वाहन चलाउने गरेको अनि कारखानामा पनि अलग अलग रङमा पर्नेहरूको निम्ति अलग अलग रङकै कार्यस्थल, क्यान्टिन र अन्य सुरक्षा व्यवस्था पनि गरिएको बताइएको छ। जसमा कर्मचारीहरूलाई धेरै भन्दा धेरै सामाजिक दूरत्व कायम राख्न सकिने तथा कसैलाई संक्रमण भएको खण्डमा पनि उक्त रङको हिसाबबाट सबैको जानकारी तुरन्तै पाउन सकिने हिसाब यसो गरिएको एचआर प्रमुख भगवान गोस्वामीले बताएका छन्। यसैगरि कारखानाको महाप्रबन्धक बिमल पाधाले अहिलेसम्म सबै प्रकारको स्वच्छता र सुरक्षाको मानदण्ड पालन गरिहेको बताए।

अर्कोतिर क्याजुअल कर्मचारी, तकनिकी, ओपरेटर, ट्रेनि टेक्निसियनलाई भने राज्य सरकारको दिशा निर्देश मुताबिक उनीहरूको हाजिरामा प्रतिदिन 3 सय रुपियाँ प्रदान गरिने व्यवस्था पनि गरिएको अनि भुक्तान शुरु भएको बताए।
अर्कोतिर कर्मचारीहरूको पक्षमा पनि कम्पनीको पहललाई हेमलताले खुसी व्यक्त गर्दै आफूहरू कम्पनीले आफ्नो पक्षमा गरिरहेको पहलमा सन्तुष्ट रहेको बताइन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!