Loading... आजः आइतबार , जेठ ५, २०८२

दशकदेखि कुकुर स्याहार्दै कैलालीको टीकापुर क्षेत्री परिवार


कैलाली, टीकापुर नगरपालिका–६ लक्षिनापुरका गणेश क्षेत्रीको परिवार एक दशकदेखि कुकुरहरुको सेवामा लागेको छ । क्षेत्रीले घरमा १२ वटा कुकुरलाई स्याहार्नु भएको छ । नजिकको सत्ती, नारायणपुर बजारमा १८ वटा जति कुकुरलाई खाना खुवाउँदै आउनुभएको छ ।


घरका कुकुरलाई भात पकाएर खुवाउनुहुन्छ भने बजारका कुकुरलाई बिस्कुट खुवाउनु हुन्छ । घरमा क्षेत्रीकी श्रीमती अस्मिताले खाना पकाएर खुवाउने गर्नुभएको छ । ‘दश वर्षअघि बजारमा खाजा खाइरहेको बेला नजिकैको कुकुरले मैले हात तल गर्दा तल मुखतिर लिँदा मुखमा हेर्दो रहेछ, छोराले मलाई आफू खाइरहनुभएको छ कुकुरले हेरिरहेको छ, त्यसलाई दिन सक्नुहुन्न भनेपछि बिस्कुट खान दिएँ’ क्षेत्रीले भन्नुभयो ।
‘केही दिनपछि एउटा चोट लागेर बिरामी भएको कुकुर भेटाएँ, त्यसलाई उपचार गराउँदा सञ्चो भयो । माया दिएँ माया गर्न थाल्यो । त्यसयता घरमा आएका सबै कुकुर घरैमा छन्’ उहाँले भन्नुभयो ।


क्षेत्रीका अनुसार घरमा भात पकाउने चामल र बजारमा कुकुरलाई खुवाउन दैनिक ३०० जति खर्च हुन्छ । हालसम्म केही साथीहरुले २० हजार जति सहयोग पनि दिएको उहाँले बताउनुभयो । बाँकी छोरा र श्रीमती स्मिता क्षेत्रीको ममताले कुकुरले स्याहार पाएको क्षेत्रीको भनाइ छ ।
कुकुर र गाई हिन्दूहरुले पूजा गर्ने जनावर हुन् । तर दुवै जनावरको अपहेलना छ क्षेत्री भन्नुहुन्छ ‘भेटिएका घाइतेलाई सकेसम्म उपचार गराउँछु, धनी होसकि गरिब कुकुरले सबैलाई बराबर माया गर्छ ।’
छिमेकी महेश श्रीवास्तव क्षेत्रीको व्यवहार देखेर यहाँ कुकुर प्रेमीहरुको सङख्या बढेको बताउनुहुन्छ । हामीलाई एउटै कुकुर स्याहार्न कठीन छ, क्षेत्रीले सामुदायिक कुकुरलाई भोकै मर्न दिनु भएको छैन्, श्रीवास्तवले भन्नुभयो, ‘क्षेत्रीको नारायणपुरमा कपडा पसल पनि थियो, दुई महिनाअघि आगो लागेर नष्ट भयो । पसल त ध्वस्तै छ कुकुरलाई बिस्कुट खुवाउन छुटेको छैन ।’

Insert your Ads code here

add

पशु सेवा शाखा टीकापुरका पशु विकास अधिकृत श्यामराज पाण्डे आफूले क्षेत्रीलाई पशु अधिकारकर्मीका रुपमा सम्मान प्रकट गर्ने गरेको बताउनुहुन्छ । पशुको भावना बुझेर स्याहार गर्ने क्षेत्रीले कयौं पटक पशु सेवा केन्द्रमा उपचार सहयोग माग्नु हुन्छ, गाई र कुकुरको उपचार गरेका छौँ, भन्नुभयो । क्षेत्रीले सीठी बजाएपछि ५५ वटा कुकुर जम्मा भएको देखेर छक्क परेको छु, रेविज सप्ताहमा खोप लगाउन नारायणपुरजाँदा सबैलाई खोप लगाउन पनि सजिलो भयो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!