Loading... आजः शनिबार , श्रावण १२, २०८१

दशकौंदेखि बाँसको झोलुङमा बोक्दैछन बिरामी लदामवासी भन्छन् “अब नो रो नो भोट”


कालेबुङ,14 सितम्बर। त्यसो त गाउँकै बाटो भएर जान्छ शहर अनि गाउँकै पौरख खाएर हुर्कन्छ शहर र पोष्टिन्छ नेताहरू बलियो पार्छन चौकीको सबै खुट्टा गाउँकै पाखुरीको बलमा तर गाउँ भने जहिले ठगिन्छ जहिले पछि पर्छ अनि पाँच वर्षमा एकपल्ट सम्झाना हुन्छ गाउँको जब चौकीको मियाद सक्किन्छ। तर यसपाली चौकीको मियाद पुरा भएर चौकी नवीकरण गर्न अगाडि गाउँमा गाडी नपुगे नेताहरूलाई सकसमा पार्ने धराप थापेर बसेका छन् कालेबुङका लदाम गाउँका वासिन्दा। दशकौंदेखि किरानामा परेका लदामवासीले दुःख विसाउन पाएका छैनन् न त उनीहरूको काँध बिमारी बोक्ने बाँसले पिल्सनु छोडेको छ। अझै रात बिरात गाउँमा कोही बिमारी परे बाँसको झोलुङ्गे बनाएर दुई घण्टासम्म बोकेर पुऱ्याउनुपर्छ मूल सड़क। कति त यो यातानामय हिँडाईकै क्रममा अनन्तको यात्रामा निस्कन्छ। त्यसैले यसपाली लदामबासीले कडै निर्णय गरेका छन्। यदी आगामी 2021 सालको विधानसभा चुनाउ अगाडि 2011 सालमा गोजमुमो अध्यक्ष बिमल गुरुङ र तत्कालिन विधायक डॉ. हर्क बहादुर छेत्रीको पहलमा शुरु भएको बाटो कटिङको काम पुरा गरेर गाउँले गाडी देख्न नपाए नेताहरूले पनि भोटको अनुहार देख्न पाउने छैनन्।

देश विकासको फुलाङ्गे सपनाहरू बोकेर डिजिटल इण्डियाको नाराहरूमा मात्तिएको बेला कालेबुङ जिल्लाको 38 नम्बर लाभा लिङ्से समष्टि तथा कागे ग्राम पञ्चायत अऩ्तर्गत प्रने लदाम गाउँले भने मोटर गुड्ने बाटो देख्न पाएका छैनन्।

लदामवासीको इख यसपाली अझ दोब्बर किन भयो भन्दा केही दिन अघिमात्र गाउँकी एक बिमार युवतीलाई झण्डै 2 घण्टा बाँसको झोलुङेमा बोकेर मूल सड़क पुऱ्याउनु पऱ्यो यसको हल्ला चारैतिर फैलियो। जसको बारेमा पुष्टि खोज्न पुगेका पत्रकारहरूको टोलीले पनि एक घण्टा कुस्ता हिँड्नै पऱ्यो लदाम पुग्न जहाँ दशकौं देखि मनमा गुनासोको आगो बालेर बसिरहेका गाउँलेहरूले पोखे उनीहरूको दुख्दो पिडाहरू।

Insert your Ads code here

2011 सालमा बिमल गुरुङ र तत्कालिन विधायक डॉ. हर्कबाहदुर छेत्रीले गाउँ पुग्ने 11 किलोमिटरको बाटो बनाउने कटिङ शुरु गरेका थिए। जति उनको पालोमा काटियो अहिले यथावत छ भने बाटो बचाउन जनताले अहिले नाली बनाएर भल काट्नु पर्ने थप बाध्यता बेहेर्नु परिरहेको छ।
गाउँको सबैभन्दा ठूलो समस्या भनेको प्रसूतिको निम्ति महिलाहरूलाई मोटर कुद्ने सड़क सम्म पुऱ्याउनु हो मूल बाटो नपुगि एक दुइ जना महिलाले त बाटो मै बच्चा जन्माइसकेकी छन्।
त्यसो त लदाम गाउँ भनेकै समस्याहरूको ओइरो हो जस्तो लाग्छ। गाउँसम्म शहर आउने बाटो छैन नेता आउने बाटो छैन प्रशासन पुग्ने बाटो छैन सरकारले देख्ने आँखा छैन्। छैन छैनको यो बस्तीमा पिउने पानी छैन, स्वास्थ्य सुविधा छैन, शिक्षाको निम्ति मूलभुत सुविधा छैन्। सुविधा भनेको के हो यो गाउँलाई थाहै छैन साहुलियत भनेको कुन चराको नाउ हो गाउँले जानकै छैन्।

देशको प्रधानमन्त्रीले प्रत्येक मनकी बातमा भन्ने डिजिटल इण्डिया यहाँ आएर असफल सिद्द हुन्छ्। कोरोना महासङ्कटको बेला अनलाइन शिक्षामार्फत विद्यार्थीहरूले पाठ्यक्रम पुरा गर्ने प्रयास गरिरहेका छन् त लदामवासी विद्यार्थीले भने अहिलेसम्म नेटवर्क नभएको कारण कुनै अनलाइन शिक्षाको मुख हेर्न पाएका छैनन्।
पत्रकारहरूको भ्रमणको क्रममा एक 76 वर्षीय बृद्ध भेटियो उनी लदामबाट कागेसम्म एउटा लौरोको सहारामा पैदल यात्रामा दिए उनको सात दशकभन्दा धेरै लामो जिन्दगी पैदल हिँडेर बितिसकेको छ। गाउँलेहरूले अहिले मार्केटमा रहेको तृणमूल, भारतीय जनता पार्टी अनि गोर्खा जनमुक्ति मोर्चा तीनैवटा दललाई समस्याहरूबारे गुहार लगाएका हुन तर अहिलेसम्म केन्द्रमा सत्ताधारी, राज्यमा सत्ताधारी र क्षेत्रमा सत्ताधारी कुनै दलले गाउँलेको पुकार नसुनेपछि यसपाली नो रोड नो भोटको नीति गाउँलेहरूले अवलम्बन गर्ने निर्णय गरेको बताउँछन्।
सेवलेदेखि लदामसम्म मोटर बाटो छैन् जसले लदामको साथमा रहेको खोला किनारमा बसेको डाँडा गाउँ, लेप्चा गाउँ, रबेक आदी गाउँ पनि मूलधारबाट विछिन्न छ। सेवलेदेखि लदामको सबैभन्दा तल्लो गाउँको दूरी 12 किलोमिटर छ जसमा सबै गाउँ पर्ने गर्दछ। यदी सबैभन्दा तलको गाउँमा कोही आपतमा परेमा सेवलेसम्म ल्याउन झण्डै अढाई तीन घण्टाको यात्रा गर्नुपर्छ।
गाउँलेहरू खेती किसानीकै भरमा जिवीकोपार्जन गर्छन् तर उत्पादित फसल बेच्न पनि डेढ दुइ घण्टा भारी बोकेर सड़कसम्म पुग्न बाध्य छन्। प्राथमिक पाठशाला भत्किसकेको छ माध्यमिक पाठशालाको हालत उस्तै जिर्ण छ राम्रो शिक्षा लिन परे दुई अढाई घण्टा पैदल हिँडेर जानु पर्छ। दुःख र समस्याको सब थोक छ छैन त केवल सरकारको सुन्ने हेर्न र सुधार गर्ने कान आँखा र हातहरू। त्यसैले गाउँलेहरूले आउँदो विधानसभा चुनाउमा 22/36 नम्बर बुथमा भोटै नहाल्ने फसेला गर्न बाध्य बनेका छन् भने प्रजातन्त्रमा यो भन्दा ठूलो चेताउनी अर्को हुन पनि सक्दैन जनताको तर्फबाट।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!