Loading... आजः शनिबार , श्रावण १२, २०८१

दशौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु


चाइना मिडिया ग्रुप र पैचिङ्ग शहरको जन सरकारको संयोजकत्वमा दशौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्धाटन समारोह अगष्ट २२ तारिख बिहान पैचिङ ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा आयोजना गरिएको छ। चाइना मिडिया ग्रुप पार्टी समूहका सदस्य एवम् उप निर्देशक येन स्याउ मिङले चलचित्र महोत्सव आरम्भको घोषणा गर्नुभएको छ।

चालु वर्ष सारा विश्वमा नयाँ कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको देखिन्छ। चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको र सारा देशमा सिनेमा घरहरू क्रमश: पुन:खोलिएको सिलसिलामा पैचिङ अन्तर्राष्ट्रिय महोत्सव पनि पुन:आयोजना हुँदैछ।

यस वर्ष पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको दशौं वार्षिकोत्सव हो। सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने यस महोत्सवको मुख्य नारा रहेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!