Loading... आजः शनिबार , श्रावण १२, २०८१

दार्जीलिङकी गोर्खाली आमाले जन्माइन 5.9 किलोग्रामको नानी सारा अस्पतालले मनायो खुसी


बेङ्गलुरू, 23 जनवरी। दार्जीलिङकी एक दम्पत्ती सरस्वती मङ्गर र योगेश मङ्गरको अहिले बेङ्गलुरूको वानि विलाश अस्पतालमा नानी जन्मिएको छ। नानी जन्मिदाको खुसी त आमाबाबालाई छदैछ। तर पुरै अस्पताल अहिले खुसी मनाइरहेको छ। आमा सरस्वती मङ्गरको उक्त नानी जन्मिदा यसकार पुरै अस्पताल खुसी छ किनभने उक्त नानीको वजन 5.9 किलोग्राम रहेको छ। वास्तवमा आमा मधुमेहको रोग र थाइराइडको समस्याले ग्रस्त भएको अवस्थामा यस्तो नानी जन्मिने गरेको भए पनि सरस्वती मङ्गर भने यस्ता कुनै समस्याबाट पिडीत नभएको अस्पतालका चिकित्सकले बताएको छ। अर्कोतिर यसरी जन्मिएको नानीलाई मुटु सम्बन्धि समस्या हुने गरेको पाइएको तर अहिले जन्मिएको बच्चामा भने त्यो समस्या पनि नरहेको चिकित्सक डॉ. गीता शिवमुर्तीले बताइन्। यद्यपी अझै विस्तृत जाँचको निम्ति जयदेवा इन्स्टीट्युट अफ् कार्डियो भास्कुलर साइन्सेसमा पठाउने निर्णय़ गरिएको बताइन्।
मङ्ग दम्पत्ती दार्जीलिङ निवासी हुन भने एक दशकदेखि बेङ्गलुरूमा बस्दै आएका हुन अनि सुखी दम्पत्तीको रूपमा जीवन यापन गर्दैछन्। श्रीमती मङ्गरलाई 14 जनवरी अस्पतालमा येलाहाङकाको सरकार अस्पतालबाट वाणी विलास अस्पतालमा सारेर भर्ना गरिएको थियो भने 18 जनवरीको दिन बच्चा जन्मिएको छ। सधरणतय 2.5 देखि 3.8 किलोग्राम सम्म नवजात शिशुको वजन हुने गर्छ बने 3.5 किलोग्राम भन्दा अधिक वजन राम्रो मानिन्छ, डा. गीता शिवमुर्तीले बताइन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!