Loading... आजः शनिबार , श्रावण १२, २०८१

दार्जीलिङको बन्द धोत्रे चियाबारीको कारखाना जलेर खरानी


नयाँ कारखाना निर्माण गरेर सञ्चालनको जिम्मा सरकाले लिनुपर्ने माग

दार्जीलिङ, 1 फरवरी। दार्जीलिङको धोत्रे चियाबारीको कारखाना आज बिहान करीब 5 बजेर 30 मिनटतिर आगो लागेर सबै खाक भएको छ। कारखाना परिसरका मानिसहरूले आगो लागेको देखेपछि गाऊँमा होहल्ला मच्चिएको थियो। घटनबारे थाहा पाउनसाथ सम्पूर्ण मजदुरहरू कारखाना परिसरमा पुग्दा आगो अनियन्त्रित बनिसकेको थियो। घटनाबारे धोत्रे चियाबारीको संयुक्त कार्वाही कमिटिले एउटा प्रेस बयान जारी गरेदै भनेको छ, क्षेत्रवासी साथै मजदुरहरूले नजिकैको खोलाबाट पानी बोकेर आगोलाई नियन्त्रण गर्ने भरपुर प्रयास गऱ्यो तर पनि सफल हुन सकेनन्। आज घटेको उक्त अग्नि काण्डले कारखाना पूर्णरूपले जलेर क्षतिग्रस्त भएको छ। कारखानाको सामान्य समान पनि जोगिएको छैन। बिशेष गरि कारखानाको प्रमुख प्रमुख दास्तवेजहरू(कागज- पत्र) पनि जलेर खरानी भएको छ।
विगत 2017 देखि चिया बगान बन्द अवस्थामा थियो। मजदुरहरूले हरसम्भाव बगानको सुरक्षाका निम्ति पहल गरिरहेका थिए। यस अघि बगानको कम्प्युटर चोरी हुँदा पनि सम्पूर्ण मजदुरहरूले प्रशासन समक्षा सुरक्षाको माग गरेकै थियौँ। तर सम्बन्धित निकायबाट बगानको सम्पत्ति सुरक्षाका निम्ति खासै पहल नभएको गुनासो संयुकत् कार्वाही कमिटिले गरेको छ।
आज कारखानामा आगो कसले लगायो. कसरी गऱ्यो हालसम्म पत्तो लाग्न सकेको छैन। यसैले यस्तो असामाजिक काण्डको पुलिस प्रशासनले चाँडो भन्दा चाँडो न्यायिक कारवाही शुरू गर्नु पर्ने हामी सम्पूर्ण मजदुरहरू माग गर्दछौँ भनि विज्ञाप्तिमा उल्लेख गरिएको छ। हाल सरकारले यस बगानलाई छोडेको घोषणा गरेको छ। त्यसै कारण अबउसो नयाँ कारखाना निर्माण गरेर यस बगानको सुरक्षा, संरक्षण र सञ्चालनको दायित्व सरकारले नै लिनु पर्ने हामी सम्पूर्ण मजदुरहरूको पक्षबाट कमिटिले माग राखेको छ। अझै पनि बगानको सम्पत्तिहरू (2 वटा बङ्गलो, मेन अफिस आदि) – को प्रशासनिक सुरक्षा हुनुपर्ने कमिटिले माग गरेको छ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!