Loading... आजः शनिबार , श्रावण १२, २०८१

दार्जीलिङको राजबाडी क्षेत्रका 19वटा समाजले गठन गऱ्यो फाइटिङ एगेन्स द कोविड-19


दार्जीलिङ, 2 मई। दार्जीलिङ पहाडको राजबाडी क्षेत्रका 19वटा गाउँले समाज मिलेर विश्व महामारी कोविड-19को चपेटबाट क्षेत्रलाई बचाउन संयुक्त पहल गर्दै एक जुट भएका छन्। यी 19 वटा समाजका प्रतिनिधिहरू सङ्गठित बन्दै कोरोना विरुद्ध जागरुकता अभियान गराउन फाइटिङ एगेन्स्ट द कोविड-19 नामक छाता सङ्गठन गठन गरेका छन्। यस बारेमा दोस्रोपल्ट बसेको बैठकले यो निर्णय गरेको हो। यसैगरी सभाले विभिन्न प्रस्ताव पारित गरेको छ। ऋषिकेश शर्माको अध्यक्षतामा भएको सभाले कोविड-19 बारे जीटीएले भर्खरै जारी गरेको अधिसूचना अनुसार अझ चिन्ता बडाएको अनि मानिसहरूलाई अझ सचेत र सावधान भएर बसिदिने आग्रह गर्ने बताएको छ। यसरी नै सिलगडी भएर आउनेहरूलाई जाँचपछि होम कोरण्टिनमा 14 दिनसम्म राखिने अनि विदेश र अन्य राज्यबाट आउनेलाई सरकारी सुविधा कोरण्टिनमा राखिने र सबैलाई गुप्तवास बसिदिने आग्रह गर्ने निर्णय लिएको छ। यस समितिले कुनै पनि समयमा आवश्यकता अनुसार समितिका सदस्यवर्ग उक्त ठाउँमा गएर सहयोग गर्ने निर्णय गरेको छ। यसरी नै लकडाउन खोलिएपछि निर्माण कार्यको निम्ति पहाडमा भित्रिने गैर दार्जीलिङेहरूप्रति निगरानी राखिने अनि उक्त घरलाई पनि कोरण्टिनमा राख्ने, सेलुन यस सम्बन्धित व्यक्तिहरूप्रति निगरानी राख्ने प्रस्ताव पारित गरेको छ। आवश्यकता परेको खण्डमा समाजमा भएको कम्यूनिटी हललाई कोरण्टिनको रूपमा प्रयोग गर्ने अनि त्यहाँ आवश्यक खाद्य सामाग्री अनि त्यहाँ आवश्यक अन्य सामाग्री पुऱ्याइदिने निर्णय गरेको छ।
खण्ड विकासद्वारा प्रदान गरिने फारममध्ये डिक्लेरेशन फारम ठिक सित भरेर एएनएम, जीएनएम तथा चिकित्सकहरूसित सम्पर्क गरेर कार्य गर्ने, यसरी नै क्षेत्रमा रहेका एएनएम र जीएनएमहरूलाई पीपीई प्रदान गरिदिने सम्बन्धित विभागमा पहल गर्ने। यसरी नै दार्जीलिङ भित्रका सम्पूर्ण संघ संस्थालाई जीटीएको सम्बन्धित प्रशासनले उचित पहल गर्दै सबैले जन चेतना फैलाउनुपर्ने अनि आवश्यकता भरिको कोरिण्टिन केन्द्रहरू बनाइदिने माग गर्ने प्रस्ताव पनि ग्रहण गरेको छ। यसरी नै भाइरसको सङ्क्रमण नहटेसम्म आफ्नो क्षेत्रमा घरबार निर्माण नगर्ने आग्रह गरिने। यसरी नै किरायमा लिने घरमालिकहरूले विस्त्रित चिकित्सा रिपोर्ट लिएरमात्र किरायमा दिने प्रस्ताव लिएको छ। यसरी नै लकडाउन खोलिएपछि कोरोना सङ्क्रमण नसकिएसम्म अप्रवासीहरूलाई क्षेत्रमा आउन नदिने यसरीनै मरौ परेको घरमा धेरै भीड नगर्ने अनि अनावश्यक आफन्तहरूकोमा उपस्थिति नराखिदिने प्रस्ताव ग्रहण गरेको छ। अर्कोतिर सबै कार्यहरू स्वास्थ्य विभाग र पुलिस प्रशासनसित समन्वय र सरसल्लाह गरेर सम्पन्न गरिने प्रस्ताव पनि पारित गरियो। बैठकमा आयोजक सिमितिका सचिव प्रह्लाद छेत्रीले उपस्थित सदस्यगणलाई परिचय आदान प्रदान गर्दै सभाको उद्देश्य र औचित्य बारे जानकारी गराए। यसरीनै कोविड19को कारण मर्ने दिवाङ्गत आत्माको शान्तिको निम्ति एक मिनट मौन धारण गरियो। समितिका प्रमुख सल्लाहकार देउकुमार प्रधानले कोरोना भाइरस सङ्क्रमणको साङ्लो तोडेर संघ संस्थाहरूको समन्वयको साङ्लो जोड्दै जानुपर्ने बताए। उनले अहिलेको सङ्कटको घडीमा सामाजिक हुनुको सठिक परिभाषा उद्गृत गर्दै एकबद्ध हुनुपर्ने आग्रह गरे। अणुविक्षण यन्त्रले पनि नदेख्ने दुश्मनसित लड्न सबैजना सावधानी र सतर्क भएर अघि बड्नुपर्ने आग्रह गरे। आज गठित समितिमा ऋषिकेश शर्मा अध्यक्ष, प्रह्लाद छेत्री सचिव, उप सभापति पेम्पा बोम्जन, सहसचिव बिनिता छेत्रीलाई कार्यकारी समितिमा मनोनित गरिएको जानकारी सचिव प्रह्लाद छेत्रीले दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!