Loading... आजः शनिबार , श्रावण १२, २०८१

दार्जीलिङ क्षेत्रमा मजदूरी गर्नेहरू पशुपति फाटकबाट फर्किए नेपाल


पशुपतिनगर, 23 मई। देशभरि जारी लकडाउनको अवधिमा दार्जीलिङ.पाहाडका विभिन्न स्थानमा अड्केर बसेका भरिया अनि मजदुरहरूलाई आज भारत नेपाल सीमावर्ती क्षेत्र पशुपति फाटक नाकाबाट सुके पोखरी पुलिस प्रशासन अनि नेपाल पुलिस पशुपति फाटकको सहयोगमा उनीहरूलाई आ-आफ्नो गाउँ फर्काउने कार्य सम्पन्न गरियो।

भारत सीमावर्ती क्षेत्रको विभिन्न ठाउँमा काम गरीरहेका भरियाहरु आज पशुपति फाटक सिमा नाकाबाट आफ्नो बासभूमी नेपाल प्रस्थान गरेका छन्।। उक्त नाकामा उनीहरूको स्वस्थ्य जाँच गरेपछि उनीहरुको सम्बन्धित स्थानमा जाने व्यवस्था नेपाल जिल्ला प्रशासन अनि सूर्योदय नगरपालिकाले गरिदिएका छन्।

दाजिलिङ, सुके पोखरी,मिरिक,सोनादाका विभिन्न स्थानमा उनीहरूले दैनिक मजदुरी गरेर जीवन धान्ने गर्दथे। उऩीहरू केही रकम जगेरा गर्न र परिवारका खुसीहरू किन्न पसिना बेच्न दार्जीलिङ पाहाड आएका थिए कोविड 19 को महामारीले सपनाहरू तुहिएपछि आज घर फर्किएका छन्।
(लाक्पा छिरिङ शेर्पा)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!