Loading... आजः शनिबार , श्रावण १२, २०८१

दाहालमाथि जुत्ता प्रहार घटनाबारे प्रहरीको छानबिन समिति


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गरेको घटना छानविनका लागि प्रहरीले छानविन समिति गठन गरेको छ।

प्रहरी महानीरिक्षक ठाकुर ज्ञवालीको निर्देशनमा महानगरीय प्रहरी कार्यालय रानीपाखेरीले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल बहादुर थापाको संयजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो।

समितिमा महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नीरिक्षक युवराज तिम्सिना सदस्य छन्। छानविन समितिलाई के कति कारणले तिरुवाले दाहालमाथि जुत्ता प्रहार गरे र त्यहाँ खटिएका प्रहरीको सुरक्षा लापरबाहीका बारेमा समेत ठोस प्रतिवेदन बुझाउन भनिएको छ।

Insert your Ads code here

आइतबार राष्ट्रियसभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा जुम्लाका रतन तिरुवाले दाहालमाथि जुत्ता प्रहार गरेका थिए।

लगत्तै प्रहरीले तिरुवालाई पक्राउ गरेको थियो। तिरुवामाथि अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग सात दिनको म्याद लिएको अन्नपूर्ण पाेष्टले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!