दिदी बहिनी साना किसान कृषि सहकारी सस्था लि.को अध्यक्षमा अर्याल , सस्थाको कूल सम्पती रु १५ करोड ६० लाख ८४ हजार
बर्दिया राजापुर
मगलबार पौष २७ , २०७८ प्रकाशित
दिदी बहिनी साना किसान कृषि सहकारी सस्था लि राजापुर नगरपालिकाको १० औ बार्षिक साधारण सभाले सिता कुमारी भण्डारी अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा मिता थापा सदस्यहरुमा आशा दहित, गोमा उपाध्याय, सृजना अधिकारी, राम कुमारी चौधरी, सलिना चौधरी, सरिता चौधरी, यज्ञ कुमारी चौधरी, लेखा समितिको संयोजकमा मिना श्रेष्ठ, सदस्यहरुमा रत्ना केसी राधा चौधरी त्यस्तै शिक्षा समितिको संयोजकमा माधबी केसी सदस्यहरुमा सरिता देवी चौधरी, शोभा कोइराला, मधु स्वार, राजकुमारी चौधरी लाई सर्व सहमतीबाट चयन गरिएको छ ।
सस्थाका अध्यक्ष सावित्री पुरीको सभापत्तिवमा भएको साधारण सभाका प्रमुख अतिथी नेपाल कृषि केन्द्रिय सहकारी संघ लिका उपाध्यक्ष पुर्ण शर्मा विशिष्ठ अतिथी साना किसान कृषि सहकारी जिल्ला संघका सचिब डम्बर केसी राजापुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख सुनिता चौधरी रहनु भएको थियो ।
कार्यक्रम संचालन गदै सहकारीका प्रबन्धक मिना चौधरीले २०७८ मंसिर सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रगती प्रतिवेदन अनुसार कुल समूह सख्या १९६ जम्मा सदस्य सख्या १०२७ ऋणी सदस्य सख्या ५८६ बैक मौज्दात रु २ करोड १८ लाख ७८हजार,नगद मौज्दात रु ९लाख ७१ हजार,शेयर रकम रु १ करोड ८० लाख, लगानी रहित रहेको रकम रु ११ करोड ४० लाख २२ हजार भाका नाघेको रु १ करोड ६० लाख ६२ हजार जम्मा आम्दानी रु ५२ लाख ३७ हजार, जम्मा खर्च रु ३२ लाख २ हजार नाफा रु २० लाख ३५ हजार कूल सम्पती रु १५ करोड ६० लाख ८४ हजार रहेको छ ।
सस्थाले यस आर्थिक बर्षमा २० लाख ३५ हजार नाफा कमाएको भएतापनि रु १करोड ६० लाख ६२ हजार भाका नाघेको ऋण भएका कारण थप चुनौती भएकोले ऋण उठाउन जोड दिनु पर्ने प्रमुख अतिथी नेपाल कृषि केन्द्रिय सहकारी संघ लिका उपाध्यक्ष पुर्ण शर्माले बताउनु भयो । हामीले सहकारी आवद्ध भएका सदस्यहरुको आर्थिक क्षेत्रमा सुधार ल्याउन कृषि क्षेत्रमा काम गर्नेलाई रु ५० लाख सम्म ऋण दिने व्यवस्था मिलाएको बताउनु भयो ।
बिशिष्ठ अतिथी विशिष्ठ अतिथी साना किसान कृषि सहकारी जिल्ला संघका सचिब डम्बर केसीले भाका नाघेको ऋण उठाउन आवश्यक परे सहयोग गर्ने बताउदै नवनिर्वाचित कार्य समितीले ऋण उठाउन बिशेष जोड दिनु पर्ने बताउनु भयो ।
नव गठित कार्यसमितीका अध्यक्ष सिता कुमारी भण्डारी अर्याले सबै भन्दा पहिले भाका नाघेको ऋण उठाउनका लागि लागीपर्ने बताउनु भयो ।
सभाका सस्थाका अध्यक्ष सावित्री पुरीले सभालाई समापन गदै नव गठित कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै १० बर्ष सम्म सेवा गर्न दिनु भएकोमा आभार प्रकट गदै आगामी दिनमा पनि सहकारीको हितका लागि आफुले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल कृषि केन्द्रिय सहकारी संघ लिका उपाध्यक्ष पुर्ण शर्मालाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो ।
२०६८ सालमा स्थापन भएको सहकारीका हाल १० बर्ष सम्म अध्यक्षमा सावित्री पुरी रहनु भएको थियो ।