Loading... आजः शनिबार , श्रावण १२, २०८१

दिल्लीको घटनामा पक्राउ परेका गोर्खाल्याण्डका योद्धा किरण बिके र सचिन तामाङ जमानीमा मुक्त


दार्जीलिङ, 27 अगस्त। दार्जिलिङको चौरास्तामा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस) ले सहीद दुर्गा मल्लको बलिदानको दिनमा आयोजन गरेको रक्तदान शिविरस्थलबाटै पश्चिम बङ्गाल पुलिसले पक्राउ गरेका समितिका अध्यक्ष किरण बिके अनि सहसचिव सचिन तामाङलाई दार्जीलिङ जिल्ला न्यायालयले जमानीमा मुक्त गरेको छ।
दार्जिलिङ जिल्ला अदालतका एपिपि पङ्कज प्रसादले बताएअनुसार किरण बिके अनि सचिन तामाङलाई कोरोना महामारीबीच वा कोरोना ऐन उलङ्घन गरेर रक्तदान शिविर गरेको आरोपमा नभएर डेढ वर्ष अघिको मुद्दामा पक्राउ गरिएको थियो।
13 फरवरी 2019 को दिन जिटिएको सूचना एवं सांस्कृतिक विभागका टोली दिल्लीमा गोर्खा भवन शिलान्यासको कार्यक्रममा गएको थियो। यही कार्यक्रमबाट फर्किँदै गर्दा उक्त टोलीमाथि किरण बिकेलगायतका गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका सदस्यहरूले अभद्र व्यवहार र हातापाईसमेत गरेको आरोपमा दार्जिलिङमा मुद्दा दर्ता भएको थियो।
‘किरण बिकेको दुइवटा मुद्दा र सचिन तामाङको एउटा मुद्दा थियो। उनीहरू विरुद्ध दार्जिलिङमा मुद्दा दर्ता गरिएको थियो। बिकेको वारन्ट पेन्डिङ थियो,’ पङ्कज प्रसादले भनेका छन्, ‘उनीहरूलाई त्यसै मुद्दामा पक्राउ गरिएको हो।’ उनले भने।
सोही मुद्दामा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अञ्जली शर्मा भुजेल, विनिता लेप्चा, निशा लामा, समिर थुलुङ विरुद्ध पनि मुद्दा छ। उनीहरू सबैलाई हातापाई गरेको र सरकारी काममा बाधा हालेको आरोपमा मुद्दा दर्ता गरिएको हो।
‘सूचना एवं सांस्कृतिक विभागका एसिस्टेन्ट डाइरेक्टर एके घसिङ र सविना सिंहले उनीहरू विरुद्ध दार्जिलिङमा मुद्दा दर्ता गरेका हुन्,’ प्रसादले भनेका छन्, ‘यसै मुद्दामा सिजिएम कोर्टले सुनवाई गरेर पनि दुइवटै मुद्दामा उनीहरूलाई बेल दियो। सचिन तामाङलाई भने 2000 रुपियाँको जरिमानासहित अन्तरिम जमानत दिएको हो।’
डेढवर्ष अघि दिल्लीमा (चानक्यपुरी पुलिस स्टेसन न्यु दिल्ली) मा बिकेहरूले तत्कालीन जिटिए अध्यक्ष विनय तामाङलगायत सूचना एवं सांस्कृतिक विभागका टोलीको दिल्ली आगमनको भर्त्सना गरेका थिए। जिटिएका अघिकारीहरूले दिल्लीमा नै त्यसबेला उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न सकेनन्। उनीहरू दार्जिलिङ फर्किएर दार्जिलिङमा नै उनीहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए। सोही मुद्दामा दार्जिलिङ पुलिसले बिके र तामाङलाई पक्राउ गरेको थियो। उनीहरूलाई हिजो न्यायालयमा पेस गरिएको थियो।

‘घटना दिल्लीमा तर प्राथमिकी दार्जिलिङमा भए पनि डेडवर्ष इन्भेस्टिगेसन भएर कुनै प्रोग्रेस नै भएको थिएन’, प्रसादले भनेका छन्, ‘उनीहरूविरुद्ध कुनै खास आरोप पनि अहिले नभएकोले उनीहरूलाई अदालतले बेल दिएको हो।’

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!