Loading... आजः शनिबार , श्रावण १२, २०८१

दिल्ली सरकारले सिक्किमलाई भन्यो छुट्टै राष्ट्र


सिक्किमलाई अलग देश बताइनुले देशको संज्ञातामा सोझो चोट पुगेको छ- मुख्यमन्त्री तामाङ

Insert your Ads code here

गान्तोक, 23 मई। सिक्किम भारतको 22औं राज्यकोरूपमा 1975 सालमै अन्तरभुक्त भइसकेपनि दिल्ली सरकारले भने अझै पनि सिक्किमलाई छुट्टै देशकोरूपमा हेर्दै आएको स्पष्ट भएको छ। यसै क्रममा आज जोइण्ट सिविल डिफेन्स एज भोलेण्टियर सिर्शकमा दिल्ली सरकारको सूचना अनि प्रचार निर्देशालयले विज्ञापन दिएर भारतीयलगायत सिक्किम सब्जेक्ट, भोटाङ र नेपालका नागरिकहरूले पनि भर्ना हुन पाउने बताएको छ। जसले स्पष्टरूपमा सिक्किम छुट्टै राष्ट्र भएको शङ्केत दिएको छ। उक्त विज्ञापन बारे सिक्किमका मुख्यमन्त्री पीएस तामाङले एउटा प्रेस विज्ञप्ति जारी गरेर सिक्किम राज्यलाई भारत देशबाट अलग बताइनु खेदजनक, आपत्तिजनक अनि देशको सङ्घीयतामा सोझो चोट पुग्ने घटनाकोरूपमा सिक्किम सरकारले अनुभव गरेको बताएको छ।

मुख्यमन्त्री तामाङले भनेका छन्, सिक्किम राज्य बृहतर र प्रजातान्त्रिक देश भारतको अभिन्न अङ्ग बनेको 45 वर्षपछि पनि आज देशको केन्द्र मानिएको दिल्ली राज्य सरकारलाई सिक्किम देशको अङ्ग रहेको थाहा नहुनु एउटा दुःखद अनि आश्चर्यजनक घटना हो। उनले अझ भनेका छन्, देशका पूर्वोत्तर राज्यहरूलाई हेर्ने दृष्टिकोणमा जबसम्म राष्ट्रिय भावना जाग्दैन तबसम्म सिक्किम लगायतका पूर्वोत्तर राज्यहरूले आफूलाई देशको मूल धारमा रहेको अनुभव गर्न सक्दैन। यस्तै कारणहरूले गर्दा पूर्वोत्तरका विद्यार्थीहरूले देशको अरु प्रान्तहरूमा आफूलाई सुरक्षित ठान्न सकेका छैनन्। उनले अझ भऩे, आज देशको सबै राज्य अनि प्रान्तहरूलाई भावनात्मकरूपमा एकीकरण गरेर राष्ट्र हितमा काम गर्नु अति जरुरी छ।

अर्कोतिर मुख्यमन्त्री तामाङले दिल्लीका मुख्यमन्त्री अर्विन्द केजिरिवाललाई दिल्ली सरकारबाट जारी गरिएको उक्त विज्ञापनलाई झट्टै फिर्ता लिएर यो गल्ती कहाँबाट, किन र कसरी भयो भन्ने जाँच गरियोस अनि सिक्किम पनि भारत देशको अभिन्न अङ्ग हो भनेर दिल्लीवासीलाई अवगत गराइयोस भनि माग राखेका छन्। उनले अझ भनेका छन्, नत्र यस्ता घटनाहरू यस देशको संविधानले दिएको संविधान विरुद्ध उभिने छ। यसै प्रसङ्गमा म केन्द्र सरकारलाई आग्रह गर्दछु पूर्वोत्तर राज्यहरूलाई राष्ट्रीय मूल धारामा ल्याउन अनि देशवासीलाई पूर्वोत्तर राज्यहरूबारेमा जानकारी गराउन पूर्वोत्तर राज्यहरूको समाज, व्यवस्था, संस्कृति, संस्कार र सङ्गीत आदिलाई केन्द्रीय पाठ्यक्रम अन्तर्गत देशव्यापीरूपमा पाठशालाहरूमा लागू गरिदियाजावस भनि माग पनि राखेका छन्।

अर्कोतिर सिक्किमका मुख्यसचिव एससी गुप्ताले दिल्लीको मुख्यसचिव विजयकुमार देवलाई पत्राचार गरेर विज्ञापनमा भोटाङ र नेपाल सहित सिक्किमलाई पनि अलग्गै राष्ट्र बताइएकोमा आपत्ति जनाएका छन्। उनले पनि 22औं राज्य बनेको कुरा उल्लेख गरेका छन् भने उक्त आपत्तिजनक विज्ञापन तुरन्तै फिर्ता लिनुपर्ने बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!