दीन दयाल उपाध्याय ग्रामीण कौशल योजना अन्तर्गत प्रशिक्षणमा गएका विद्यार्थिले भोग्नु परेको सास कष्टको बेलिबिस्तार लगाउँदै विद्यार्थीहरू
गान्तोक, 25 जनवरी। दीन दयाल उपाध्याय ग्रामीण कौशल योजना अन्तर्गत मार्ग दर्शक एजेन्सी, फरेष्ट कोलनी गान्तोकबाट गुवाहाटीमा प्रशिक्षणको निम्ति गएका विद्यार्थीहरूले आफूहरूले प्रशिक्षण अवधिमा भोग्नु परेको गुनासोहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। वर्ष 2018-मा बेड साइड एसिस्टेन र हस्पिटालिटी मेनेजमेण्टको पदको प्रशिक्षणको निम्ति महिला अनि पुरुष गरी 36 जना प्रशिक्षणार्थी गएका थिए। उनीहरूलाई काउन्सिलिङ गराउँदा जस्तो काम र बस्नको व्यवस्था हुन्छ भन्ने लालच देखाइएको थियो त्यस्को विपरित भएको बताउँदै खान र बस्नमा उनीहरूले किरा परेको खाना दिएको अनि धेरै गन्दगीले भरिएको ठाउँमा बस्न दिएको पनि जानकारी दिएका छन्। पिढित विद्यार्थी जिग्मी शेर्पाले राजधानी गान्तोकस्थित प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्। उनले नोलेज भएर पनि नोकरी बिनाको भएर बस्नु परेको बताउँदै आफूलाई जस्तो यहाँबाट भनेर पठाइएको थियो त्यस्तो नभएर विपरित भएको जाकारी दिए। विद्यार्थी शेर्पाले उनीहरूलाई काउन्सिलिङमा प्रशिक्षण पछि राम्रो पदमा काम पाउने जानकारी दिएको बताएका छन्। उनीहरूले मार्ग दर्शकका रिजनल निर्देशक प्रेम पाण्डेलाई आफ्नो समस्या बारेमा बताउँदा उनले विद्यार्थीहरूलाई जुगाड गर्दै गर भन्ने गरेको पनि जानकारी दिए। उनीहरूले एजेन्सी अनि कुनै पनि निकायले आफ्नो कुरा नसुन्दा आफूहरू फर्किएर आउनुपरेको पनि बताए। प्रेम पाण्डेले उनीहरूलाई यस प्रशिक्षण विषयमा फोनहरू आए राम्रो फिटब्याक दिनु नभए हाम्रो पैसा रोकिन्छ भनेको कुरा राखे।
यसरी नै अर्की विद्यार्थी पुस्प शर्माले पनि आफूहरूलाई भएको दिग्दारीहरूमाथि जानकारी दिइन्। उनीहरूलाई सिक्किम भागेर कसरी जान्छस भन्दै पीजीमा पनि धम्की भएको जानकारी दिइन्। यसरी नै मार्ग दर्शकका हेड अफ दी इन्स्टिट्यूट अमृत शर्माले पनि आफूले विद्यार्थीहरूलाई काउन्सिलिङ दिएको जानकारी दिए। यसको सञ्चालक एजेन्सी भनेको एसआईसीबी- रहेको कारण यस विषयमा एसआईसीबी-मा कुरा राख्दा पनि त्यहाँबाट कुनै राम्रो प्रतिक्रिया नआएको जानकारी दिँदै एसआईसीबीले पनि एजेन्सीकै पक्षमा रहेको विचार राखे। उनले जुन कम्पनीले प्रशिक्षण दिँदैछ उनीहरूले नै आफैं प्लेसमेण्ट फर दिएको जानकारी दिए। कम्पनीले आफ्नो पैसा निकाल्नको निम्ति कागजात तयार गरेको पनि बताए। आफूले कम्पनीबाट नराम्रो अनुभव पाएको कारण नोकरीबाट राजिनामा दिएको पनि बताए। केन्द्र सरकारको कार्यक्रम धेरै राम्रो भएको तर यसलाई राज्य सरकारले ध्यान नदिए यसको कुनै औचित्य नरहने पनि बताए। उनले एसआईसीबी-बाट प्रशिक्षण लिएका कतिजना विद्यार्थीहरूले आफ्नो जीवन यापनको निम्ति काम गरिरहेका छन् भनि प्रश्न पनि राखे। यसरी नै अर्का कर्मचारी ए. खनालले पनि कम्पनीमा भएका धाँदलीहरूको बारेमा जानकारी दिए। उनले एसआईसीबी-का अधिकारीहरूले यस्तो कमी कम्जोरी हुँदा पनि किन आँखामा पट्टि बाँधेर बसेका छन् भनि प्रश्न राखेका छन्।
उनले यस योजनामा शिशिर कृष्ण राईले महिनाको 50 हजार रुपियाँको तनाख्वा खाँदा पनि अहिलेसम्म उनले कुनै दिन नदेखिएको जानकारी दिँदै शिशिर कृष्ण राईले कुन आधारमा तनाख्वा खाइ रहेका छन् भनि प्रश्न राखेका छन्। उनले यस्ता प्रोजेक्टहरू आउँदा पनि बढ्दो बेरोजगारीको समस्यामा सबै किन चुप छन् भनि प्रश्न राखेका छन्। उनले सरकारलाई स्टेट इन्स्टिट्यूट अफ केपेसिटि बिल्डिङमाथि भिजिलेन्स लगाएर आजसम्म प्रशिक्षण गरिएका विद्यार्थीहरूले कतिको जिविका आर्जन गर्दैछन् त्यो पनि छानविन गर्नुपर्ने अपील गरे। उनले यसलाई राज्य सरकारले कुनै ध्यान नदिए पूरा दस्तावेजको साथ यसमाथि जाने पनि बताए। उनले पूर्व सिक्किमको रिम जुरेसिक पार्कमा पनि एउटा इन्स्टिट्यूट रहेको र यो धाँदलीको एउटा प्रमुख स्थान रहेको पनि बताए।
तपाइँकाे प्रतिक्रिया
