Loading... आजः मंगलबार , फाल्गुन ६, २०८१

दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष संसदीय समितिको उजुरी


प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ।

समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो।

समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए।

Insert your Ads code here

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै फेसबुक अकाउन्टमा लेखेका थिए।

त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए।

मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेका थिए।

जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्रेर अनुसन्धान गर्न समितिले भनेको छ।

समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको ईमेज खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!